काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।
उक्त नदीको दायाँबायाँ ४०–४० मिटरभित्र रहेका जग्गा करोडबाट कौडीको भाउमा झरेका हुन् ।
त्यस क्षेत्रका बासिन्दाले घरजग्गा धितो राखेर लिएको ऋणसमेत बैंक तथा वित्तीय संस्थाले नवीकरण नगरेपछि स्थानीयमा तनाव बढेको छ ।
अझ बैंकले छिटो ऋण तिर्न ताकेता गर्दा उनीहरु अतिसस्तोमै भए पनि जग्गा बेच्न चाहन्छन्, तर जग्गा बिक्री हुने अवस्था छैन ।
किनकि, सर्वोच्च अदालतले नदी किनारको जग्गाबारे गरेको फैसलाअनुसार ढिलोचाँडो ती क्षेत्रमा बनेका संरचना भत्कनेछन् ।
गत साउन २० गते काठमाडौं महानगरले सूचना निकालेपछि त त्यस क्षेत्रको जग्गामा नक्सा पास, कारोबार, घर तथा जग्गा खरिदबिक्री तथा बैंकमा धितो राख्ने कामसमेत बन्द भएको छ ।
अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण
नेपाल–अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि
आज संविधान दिवस मनाइदैं
आज संविधान दिवस ०८१ कञ्चनपुर सहित देशभर दिवस मनाईदै छ । देशभर विविध समाजिक कार्यक्रम गरेर संविधान दिवस मनाईदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र
आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउनेको नाम सार्वजनिक गरिँदै
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको
प्रतिकृया दिनुहोस