आज संविधान दिवस मनाइदैं

२०८१ असोज ३ बिहीबार

आज संविधान दिवस ०८१ कञ्चनपुर सहित देशभर दिवस मनाईदै छ । देशभर विविध समाजिक कार्यक्रम गरेर संविधान दिवस मनाईदैछ । 


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले ०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गर्नुभएको थियो । संविधान निर्माण भएर कार्यान्वयनमा आएको ९ वर्ष पूरा भएर १०औँ वर्षमा प्रवेस्ल गरेको छ । नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान ०६३ खारेज भएको थियो ।

 

सङ्घीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासद्ले हस्ताक्षर गर्नुभएको थियो । ‘नेपालको संविधान, ०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची रहेका छन । संविधान दिवसको पुर्व सन्ध्यामा कञ्चनपुरमा सरसफाई गरिएको छ । १० औँ संविधान दिवसको अवसरमा भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारमा सरसफाई गरिएको हो । 


संविधान दिवस मुल समारोहका संयोजक एव जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले समावेसी संविधान दिवसको अवसरमा संविधान चोकदेखि महेन्द्रनगर बजारमा सरसफाई गरिएको बताए । सरसफाई कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधी, विभिन्न समाजिक संघ संस्थाका प्रतिनिधीदेखि स्थानीयको सहभागिता रहेको थियो ।

 

आज कञ्चनपुरको भीमदत्त नगरपालिका सहित दोधाराचाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, पुनर्वास, बेलौरी, बेलडाँडी, लालझाडी स्थानीय सरकार सहितले उल्लासका साथ दिवस मनाउन लागेका छन् । यसका साथै सरकारी, गैर सरकार निकायले पनि विवित कार्यक्रम गरेर दिवस मनाउँदैछन । जनताले संविधानको कुलस कार्यान्वयनमा जोडदिएका छन् । 

 

प्रतिकृया दिनुहोस

अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

नेपाल–अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि

आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउनेको नाम सार्वजनिक गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र