महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदैँ

२०८१ भदौ २९ शनिबार

कञ्चनपुर -


बिहीबारदेखि अबिरल रुपमा परिहेको वर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको छ । 


महाकाली नदीमा शुक्रबार ४ लाख ६१ हजार क्युसेक पानी बगेको थियो, उतिबेला सानदारसंग बगेको काली शनिबार घटेर १लाख ६० हजार क्युसेक भएको अवस्थामा चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध) कटानी गरिरहेको हो । 


भीमदत्त नगरपालिका १३का वडाध्यक्ष राम बहादुर बोहरा(झक्कास)ले साँझ ५ बजेदेखि तटबन्ध कटानी शुरु गरिएको बताए । ‘ठुलो महाकालीमा त्यत्रो पानी आउँदा केही भएन, आज घटिरहेको अवस्थामा काटिरहेको छ, ‘उनले भने, ‘यो काट्नेक्रम जारी रहे कटानी गरेर पहुँचमार्गसम्मै आएर बस्तीतिर जाने खतरा छ ।’ 


महाकाली पुल आयोजना कार्यालयका सव ईन्जिनियर दुर्गादत्त अवस्थीले नदीमा पानीको सतह घटिरहेका बेला सिङ्गै महाकाली एकै स्थानबाट बग्दा तटबन्ध कटानी गरिरहेको छ । उनका अनुसार शनिबार साँझ ७ बजेसम्ममा झण्डै २सय मिटर तटबन्ध कटानी भएको छ । ‘पोखरीको गाईडबण्ड पुरै भत्किएको छैन, एकतर्फीतर्फ कटानी गरिहेको छ, ‘उनले भने, ‘हाकिम सापले सिधै निर्माण कम्पनीलाई फोन गरेर यथाशिघ्र रोकथामका लागि निर्देशन दिनुभएको छ, निर्माण कम्पनीले अहिले रोकथाम गरिरहेको छ ।’

 

०७४ देखि कुमार श्रेष्ठ सिएफईसी जेभीले ३अर्ब, ६६करोड ५लाख, ६६ हजार रुपैयामा पुल निर्माण गरिरहेको छ । तर, स्थानीयहरुले कमसल खालको तटबन्ध निर्माण हुँदा नदीको सतह घट्दा पनि तटबन्ध कटानी भईरहेको टिकाटिप्पणी गरिरहेका छन । विगतमा पनि तटबन्ध भत्किएको भन्दै स्थानीयले अहिले पनि भत्किएको भन्दै आक्र्रोस व्यक्त गरिरहेका छन । 

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट