मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन

२०८१ भदौ २९ शनिबार

धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ ।

 

शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९ लल्लिपुरमा रहेको सशस्त्र प्रहरीको बिओपीका तीनमध्ये दुईवटा नयाँ भवन बगाएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी पदमबहादुर बिष्टले मोहना नदीको बाढीले बीओपी भवन बगाएपछि बिओपीलाई सामुदायिक भवनमा सारिएको जानकारी दिए ।उनकाअनुसार नयाँ भवन बाढीले बगाएको र पुरानो भवन समेत जोखिममा रहेको छ ।

 

बाढीले बीओपी भवन बगाएको सूचनापछि जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायब निरीक्षक खेमराज पन्त नेतृत्वको प्रहरी टोली खटिएको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट