बेलाैरी : प्रहरी निरीक्षक जैशीकाे बिदाई, चन्दकाे ईन्ट्री
दिनेश चाैधरी/ बेलाैरी,कञ्चनपुर -
शुक्रबार ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरीक्षक गाैरी प्रसाद जैशीकाे बिदाई गरिएको छ ।
इप्रका बेलाैरीकाे १३ महिने बसाइँ पश्चात् कर्णाली प्रदेश सुर्खेत अन्तरगत नेपालगञ्ज प्रहरी तालिम केन्द्रमा सरुवा भएका निरीक्षक जैशीलाई बेलाैरी नगरपालिकाले प्रसंशा-पत्र प्रदान गर्दै विदाई गरेकाे हाे ।
बेलाैरी नगरप्रमुख पाेतीलाल चाैधरीले जैशीकाे कार्यलाई उच्च मूल्यांकन गर्दै खादामाला सहित प्रशंसा-पत्र प्रदान गरेका हुन् ।
प्रहरी निरीक्षक जैशीले बेलाैरीकाे शान्ति सुरक्षा अपराध अनुसन्धान र लागूऔषध राेकथाम तथा नियन्त्रणमा कुशलता पुर्वक कार्यसम्पादन गरेको भन्दै उनलाई स-सम्मान बिदाई गरिएकाे हाे ।
निरीक्षक जैशीलाई बेलाैरी नगरपालिकाकाे कार्यालय, बेलाैरी उद्योग वाणिज्य संघ, बेलाैरी नगर खेलकुद समिति, रेडियो सुदूर सञ्चार, वडा नम्बर ६ काे कार्यालय, विज्डम एकेडेमी, वात्सल्य विद्या निकेतन, न्यू लक्ष्मी ईट्टा उद्योग, जगदम्बा मेडिकल हल लगायतका विभिन्न संघसंस्था, समाजसेवी बुद्धिजीवी एवम् अधिकांश स्थानीयहरुले मायाको चिनाे सहित उज्ज्वल भविष्यको कामना गर्दै बिदाई गरेका थिए ।
यस्तै, यता ईलाका प्रहरी कार्यालय बेलाैरीमा शुक्रबार नै नव आगन्तुक प्रहरी निरीक्षक भाष्कर चन्द हाजिर भएका छन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सरुवा भई आएका हुन् । भने, अब बेलाैरी ईप्रकाकाे कमाण्ड चन्दले सम्हाल्ने छन् ।
फोटो फिचर :-
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर
एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड
बैतडी - यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ
गेटामा स्तन क्यान्सरको परीक्षण सुरू
कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट
प्रतिकृया दिनुहोस