कञ्चनपुर : स्यालले टोक्दा ५ जना घाइते

२०८१ भदौ २५ मंगलबार

कञ्चनपुर -

 

कञ्चनपुरमा बहुला स्यालले टोक्दा ५ जना घाइते भएका छन् । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका  ५ जना घाइते भएका हुन् ।

 

शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३ वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको अस्थाई प्रहरी पोष्ट वन्साहाका प्रहरी नायव निरीक्षक गणेश बोहराले जनाएका छन् ।

 

घाइतेहरुको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उक्त स्यालले ३ बाख्रा, २ गाई र ५ कुकुरलाई समेत टोकेको छ ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट