बेलौरी नगरपालिकाद्वारा गृहमन्त्री लेखकलाई ज्ञापन
दिनेश चौधरी / बेलौरी, कञ्चनपुर-
कञ्चनपुरको बेलौरी नगरपालिकाले गृहमन्त्री रमेश लेखकलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । मंगलबार गृहनगर आईपुगेका गृहमन्त्री लेखकलाई बेलौरी नगरपालिकाले कार्यकक्षमा स्वागत गर्दै ज्ञापन पत्र बुझाएको हो ।
नगरप्रमुख पोतिलाल चौधरीले जिल्लाकै पहिलो सदरमुकाम बेलौरीको दीगो विकास र सम्बृद्धिसंग जोडिएका विषयमा संघीय सरकारले गम्भिर चासो दिनुपर्नेतर्फ गृहमन्त्री लेखकको ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको बताए ।
नगरप्रमुख चौधरीका अनुसार जिल्लाको दक्षिणी क्षेत्र डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी भएर बेदकोट हुँदै जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने हुलाकी सडक ८ बर्षवितिसक्दा पनि अहिलेसम्म पुर्ण निर्माण हुन नसकेको अवस्थामा यथाशिघ्र निर्माणका लागि संघीय सरकारले निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने र बेलौरी छोटी भन्सारलाई नाकाकै रुपमा विकास गर्न माग अघि सारिएको बताए ।
ईलाका प्रहरी कार्यालय बेलौरीको कार्यालय स्तरबृद्धि गरेर डिएसपीको दरबन्दी सृजना गर्नुपर्ने, पचुई क्षेत्रमा हुलाकी सडक निर्माणमा भारतीय अबरोध भएकाले सो खुलाउनुपर्ने, बेलौरीका सीमावर्ती क्षेत्रमा नेपाली किसानसंग जग्गाधनी प्रमाण पत्र भएपनि खनजोत उपभोगमा भारतीय अवरोध हुने भएकाले सो हटाउनुपर्ने, सीमा सुरक्षादेखि अवरोध नियन्त्रणका लागि पहल गरिनुपर्ने, बेलौरी–कलुवापुर सडकखण्डमा निर्माणाधिन सडक शुक्लाफाँटा निकुञ्जको अवरोध हटाउनुपर्ने, छोटी भन्सारदेखि बेलौरी बजार हुँदै मैनाहासम्मको सडक स्तरोन्नतीका लागि पहल गरिदिन माग अघि सारिएको छ ।
नगरप्रमुख चौधरीले गृहमन्त्री लेखकलाई दिएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री लेखकले बेलौरी नगरपालिकाले अघि सारेका विषयमा सम्बन्धीत मन्त्रालय मार्फत अघि बढ्ने प्रतिबद्धता जाहेर गरेका छन ।
कालिका मन्दिरमा गृहमन्त्रीलाई स्वागत
यस्तै, बेलौरीको निर्माणाधीन कालिका मन्दिरमा पनि गृहमन्त्री लेखकलाई स्वागत गरिएको छ ।
बेलौरीको ऐतिहासिक कालिका मन्दिर परिसरमा मन्दिर निर्माण समिति संयोजक प्रकाश राज पन्त लगायतका भक्तजनहरुले गृहमन्त्री लेखकलाई खादामाला सहित स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा मन्दिरको चौतर्फी विकासका लागि माग सहितकाे ज्ञापनपत्र बुझाइएको मधुविलास ढुङ्गानाले जनाए ।
बेलौरी उद्योग वाणिज्य संघमा काँग्रेसको बधाई तथा भेटघाट
बेलौरी उद्योग वाणिज्य संघमा नेपाली काँग्रेस क्षेत्र नम्बर १ ले बधाई तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । लेखक गृहमन्त्री भएपछि पहिलो पटक क्षेत्र प्रबेश गरेकाले काँग्रेस नेता कार्यकर्ताद्धारा उनलाई बधाई ज्ञापन गर्दै भव्य स्वागत गरिएको हो ।
बेलौरीमा डीएसपी चाहियो : प्रदेश सभा सदस्य विष्ट
उक्त कार्यक्रमा बोल्दै सुदूर पश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले बेलौरी इप्रकामा डीएसपीको रिक्त दर्वन्दी मिलानका लागि गृहमन्त्री लेखकलाई आग्रह गरेका छन् । भने, बेलौरी ८ पचुइ क्षेत्रमा भारतीय पक्षको अवरोध पछि अलपत्र परेको करिव १२ मिटर हुलाकी सडक तत्काल निर्माणका निमित्त आवश्यक पहल गर्न गृहमन्त्री लेखकको ध्यानाकर्षण गराएका हुन् ।
संविधान सभा सदस्य एवम् प्रदेश विधायन समिति संयोजक समेत रहेका विष्टले बेलौरीको छोटी भन्सारलाई मूल भन्सारका रुपमा कायम गर्नका लागि पहल गरिदिन समेत अनुरोध गरेका थिए ।
क्षेत्र १ को चौतर्फी विकासमा जोड : गृहमन्त्री लेखक
बधाई तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीका विविध समस्या अवगत भएकाले क्षेत्र १ को चौतर्फी विकासका लागि लागीपरेको बताए । विशेष गरि उनले अलपत्र हुलाकी सडकको समस्या, बेलौरी छोटी भन्सार स्तरोन्नती, दोदा तटबन्ध निर्माण लगायतका महत्वपूर्ण विकासका सवालमा यथाशिघ्र जोड दिने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री लेखकले स्वागत तथा बधाईका लागि कञ्चनपुर क्षेत्रबासी सबैलाई धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममा काँग्रेस नेता कार्यकर्ता, सुरक्षाकर्मी, सञ्चारकर्मी एवम् सरोकारवालाहरुको उल्लेखनीय सहभागीता रहेको थियो । भने, कार्यक्रमको सञ्चालन दिनेश कुवँरले गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी
सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ । आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर
एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड
बैतडी - यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ
गेटामा स्तन क्यान्सरको परीक्षण सुरू
कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट
प्रतिकृया दिनुहोस