बेलौरी : लागूऔषध सहित दुई जना पक्राउ

२०८१ भदौ १८ मंगलबार

बेलौरी, कञ्चनपुर -

 

कञ्चनपुरमा लागूऔषध ब्राउन सुगर सहित दुई जना  पक्राउ परेका छन् ।

 

जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटको काठ मिल नजिकबाट सोही ठाउँका २४ वर्षीय बिकास चौधरी र ३२ वर्षीय खेमबहादुर थापा पक्राउ परेका हुन् । 

 

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक कृष्ण कुँवरका अनुसार हिजो (सोमबार) साँझ इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले १ दशमलव १५ मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी

सबैभन्दा बढी गरिबी दर रहेको सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदरमा बढोत्तरी भएको छ ।  आर्थिक वर्ष २०७९र८० को तुलनामा प्रदेशको आर्थिक वृद्धिदर

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

बैतडी -   यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले  ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ

गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ । सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरगत बुधवारबाट