विमान दुर्घटना : १७ जनाको शव आफन्तले बुझे
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका १७ जनाको शव आफन्तले बुझेका छन् । नेपाल प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु भएका १८ जनामध्ये शनिबार साँझसम्म १७ जनाका आफन्तले शव बुझेका हुन् ।
एक विदेशी नागरिकको शव भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै रहेको छ । सौर्य एयरलाइन्समै कार्यरत यमनी नागरिक आरिफ रेडाको शव भने अस्पतालमै रहेको छ ।
गत बुधबार त्रिभुवन विमानस्थलबाट पोखरातर्फ उडेको सौर्य एयरलाइन्सको दुर्घटनामा परेको थियो । जहाजमा सवार १९ मध्ये विमान चालक मनिषरत्न शाक्यबाहेक सबैको ज्यान गएको थियो ।
विमान चालक शाक्यको अहिले सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् । उक्त नदीको दायाँबायाँ ४०–४०
त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ । सुरक्षा जाँचका क्रममा
अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम
अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान
प्रतिकृया दिनुहोस