जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न एमालेको माग

२०८१ श्रावण १० बिहीबार

नेकपा एमालेले बुधबार त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको निष्पक्ष छानबिन गर्न माग गरेको छ । 

 

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले घटना प्रति दुःख व्यक्त गर्दै दुर्घटनाको छानबिनको माग गरेका हुन् । उनले सो अकल्पनीय एवम् भयावह दुर्घटनामा परि ज्यान गुमाएका प्रति पार्टीको तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

 

उनले दुर्घटनाको निष्पक्ष छानबिन गर्न, दोषीउपर कारबाही, घाइतेको उपचार, मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्  ।

 

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने चालक मनिषरत्न शाक्य घाइते हुनुभएको छ । घाइते चालकको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

 

सरकारले सो घटनाको छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन भएको छ । विमानहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न बैठकले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।   उक्त नदीको दायाँबायाँ ४०–४०

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।   सुरक्षा जाँचका क्रममा

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान