शिक्षण अस्पतालमा शव पोस्टमार्टम गरिँदै, एउटाको सक्न चार घण्टा लाग्ने

२०८१ श्रावण ९ बुधबार

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पोष्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।

 

बुधबार बिहान त्रिभुवन विमानस्थलको उत्तर धावनमार्गनजिकै सौर्यको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।

 

सबैजनाको शवलाई पहिचानका लागि शिक्षण अस्पतालमा राखिएको छ । शुक्रबारसम्म पोष्टमार्टम गरि परिवारजनलाई शव बुझाउने तयारी गरिएको छ ।

 

 

केही शवहरू पहिचान हुन नसक्ने अवस्थामा रहेको शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा गोपाल कुमार चौधरीले जानकारी दिए । एउटा शव पहिचान गर्न चार घण्टा लाग्ने उनले बताए ।

 

अन्य अस्पतालबाट पनि चिकित्सक मगाएर पोष्टमार्टमलाई चाँडै सम्पन्न गर्ने तयारी भएको उनले बताए ।

 

 

अहिले शिक्षण अस्पतालमा मृतकका परिवारहरू पुगेका छन् । उनीहरू अस्पताल परिसरमा भावविह्व अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस

काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।   उक्त नदीको दायाँबायाँ ४०–४०

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।   सुरक्षा जाँचका क्रममा

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान