नेकपा एसले बाेलायाे केन्द्रीय कमिटी बैठक

२०८१ श्रावण ९ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक साउन १० गतेका लागि आह्वान गरेको छ ।

 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजे बस्ने बैठकले पार्टीमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायत विषय निर्णय गर्ने नेता सोमप्रसाद पाण्डेले बताए ।

 

केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी सन्तुलन मिलाएर मनोनयन गरिने नेता पाण्डेले जानकारी दिए । पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।

 

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

प्रतिकृया दिनुहोस

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै

सुदूरपश्चिमको विकासका लागि सधैं लागि पर्ने छु : परराष्ट्रमन्त्री राणा

आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताईन ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित

सत्ता साझेदार दलको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो