हामी बेदाग विजयी भएर बाहिरियाैं : प्रचण्ड

२०८१ श्रावण ९ बुधबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘दाहाल’ले माओवादीको सरकारबाट आफूहरु बेदाग विजयी भएर बाहिरिएको बताएका छन् ।

 

नेकपाका संस्थापक नर बहादुर कर्माचार्यको ११ औं स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै उनले आम जनता र कार्यकर्तामा निराशा नभई विजयी भएर बेदाग निस्किएको बताएका हुन् ।

 

उनले आफूहरुलाई गिरिबन्धु, ओम्नी, भुटानी काण्डमा दागरहित ति गतिविधिकाविरुद्ध संर्षघ गर्दागर्दै निस्कनुपरेको कुरा जनताले बुझेको बताए ।

 

उनले भने, ‘हामीहरुलाई  त्यस्ताे ठूलाे गिरिबन्धु, ओम्नी, भुटानी काण्डमा दागरहित रह्याै‌ं ।  ति गतिविधिकाविरुद्ध संर्षघ गर्दागर्दै निस्कनुपरेको कुरा जनताले बुझेका छन् ।यसकारण हामीलाई जनतामाझ संगठन विस्तार गर्ने अवसर मिलेको छ । अब हामी सरकार भन्ने ध्यान छैन  अब जनतामा जाने  याेजना छ ।’

 

प्रचण्डले भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि  काण्डमा अनुसन्धान अघि बढाएकाे सह्य नभएकाे दाबी गरे  । सरकार छोड्दा पनि आफना कुरालाई सशक्त रुपले संसदमा राखेर बैचारिक राजनीतिक र सरकारबाट गर्न सकिने र गर्न पर्ने कुराहरु गर्दा गर्दै विजेताको रुपमा  बाहिर आएकाे उनकाे भनाइ  छ ।

 

उनले भने,’ भ्रष्टाचारमा लिप्त हुनेहरुको लागि त्यो सह्य भएन ।सुशासनको पक्षमा माओवादी नेतृत्वको सरकारले खेलिरहेको भूमिका सह्य भएर र निकै सयन्त्रमुलक र अपारदर्शी ढंगले, विचौलियाहरुको पहलमा नै नयाँ गठबन्धन बनाइयो । र उनीहरुको हितमा नै यसले काम गर्छ भन्ने कुरा हामीले भनिराख्नु पर्दैन । अहिले समाजमा पनि यो कुरा छलङगै जस्तो छ। हामी सरकार छोड्दा पनि आफना कुरालाई सशक्त रुपले संसदमा राखेर हामी बैचारिक राजनीतिक र सरकारबाट गर्न सकिने र गर्न पर्ने कुराहरु गर्दा गर्दै विजेताको रुपमा हामी बाहिर आयौं । जो सरकारमा गएका छन् उनीहरु पराजित मानसिकतामा छन् । उनीहरु रक्षात्मक र हामी आक्रमक ढंगले आफना कुराहरुलाई राख्ने स्थिति बनेको छ ।

 

यो सरकारले भ्रष्टाचारीलाई कारबाही गर्दै गरेको दुई जना गिरप्तार भएपछि नै यो तीव्र भएको होकी भनेर जनताले बुझेका छन् । राजनीतिक रुपले हाम्रो लागि राम्रो आधार बनेको छ जनतामा । त्यसलाई हामीले संगठनमा बदल्नु छ ।’ 

 

संविधानमाथि खेलबाड गर्न खोज्नेको नेतृत्वमा सरकार रहेकाे भन्दै उनले फेरि  त्यस्ताे नहाेला भन्न नसकिने भन्दै चिन्ता व्यक्त गरे ।

 

‘विगतमा संविधानमाथि खेलबाड गर्न खोज्नेको नेतृत्वमा सरकार छ , फेरि त्यस्तो नहोला भन्न सकिन्न । हामी अब सरकार केन्द्रित हैन जनता केन्द्रित हुन्छौं । केही परिआएको खण्डमा सडकमा जनता लाई ल्याएर प्रतिवाद गर्न पनि पछि पर्दैनौं ।’ उनले भने ।

प्रतिकृया दिनुहोस

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै

सुदूरपश्चिमको विकासका लागि सधैं लागि पर्ने छु : परराष्ट्रमन्त्री राणा

आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताईन ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित

सत्ता साझेदार दलको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो