सुदूरपश्चिम प्रदेश : मुख्यमन्त्रीमा देउवा, बिष्ट, थापा र शाहको चर्चा चुलियाे

२०८१ श्रावण ७ सोमबार

नेपालमा नेपाली काङ्ग्रेस र नेकपा एमाले गठबन्धनको  सरकार गठन भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलि सरकारमा कंचनपुरबाट काङ्ग्रेसले रमेश लेखकलाई गृहमन्त्री बनाएको छ । उनी कंचनपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । यसअघि लेखक भौतिक पुर्वाधार मन्त्री बनेका थिए । 

 

त्यसैगरी २०८० बैशाखमा प्रचण्ड नेतृत्वको सरकारमा कंचनपुरबाट काङ्ग्रेसले एन पि साउदलाई परराष्ट्र मन्त्री बनाएको थियो । साउद कंचनपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । यसअघि साउद सिचाइबमन्त्री बनेका थिए । 

 

३ वटा निर्वाचन क्षेत्र रहेको कंचनपुरका २ वटा निर्वाचन क्षेत्रले काङ्ग्रेसका तर्फबाट पालैपालो मन्त्री पाउँदा क्षेत्र नम्बर १ बाट काङ्ग्रेसले अहिले सम्म मन्त्री पाएको छैन । 

 

पछिल्लो समयमा अन्य दलहरू नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एसले प्रतिनिधिसभा र प्रदेश सभामा कंचनपुरका ३ वटै निर्वाचन क्षेत्रका सांसद मन्त्रीपरिषदमा समावेश गरेको छ। तर नेपाली कांग्रेसले भने क्षेत्र नम्बर १ का सांसदलाई मन्त्रीपरिषदमा समावेश गरेको छैन । 

 

नेकपा माओवादी केन्द्रले २०७४ सालमा विना मगरलाई खानेपानी मन्त्री बनाएको थियो ।  नेकपा एमालेले लालबहादुर एसकेलाई राज्यमन्त्री, तत्कालीन प्रदेश सभा सदस्य तारा लामा तामाङलाई प्रदेश मन्त्री, वर्तमान प्रदेश सभा सदस्य विरबहादुर थापा पातललाई मन्त्री र नेकपा एसले कुलबिर चौधरीलाई प्रदेश राज्यमन्त्री बनाएको थियो ।

 

१:- तारालामा तामाङ २०७४ सालमा कंचनपुर क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । हाल उनी प्रतिनिधि सभा सदस्य रहेका छन् । 

 

२:- कुलविर चौधरी २०७४ सालमा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

 

३:- विरबहादुर थापा २०७९ सालमा कंचनपुर क्षेत्र नम्बर १ को क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।

 

४:- दिवान सिंह बिष्ट २०७० सालमा बिष्ट निर्वाचित प्रतिनिधि सभा सदस्य रहेका थिए । उनि संविधान सभा सदस्य समेत हुन । २०७९ सालमा कंचनपुर क्षेत्र नम्बर १ को ख बाट निर्वाचित सद्स्य हुन् । 

 

निर्वाचित चारजना प्रदेशसभा सदस्यमध्ये दिवानसिंह बिष्ट बाहेक सबैजनाले मन्त्री पाइसकेका छन् ।

 

मुख्यमन्त्रीमा बिष्टको फेरि चर्चा सुरु ।।

 

केन्द्रमा सरकार परिबर्तन सङ्गै प्रदेशहरुमा नयाँ सरकार गठनका लागि तयारी भइरहेका बेला सुदूरपश्मिचको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद दिवान सिंह बिष्टको नाममा चर्चा हुन थालेको छ । 

 

सुदुरपश्चिम प्रदेशमा काङ्ग्रेसले मुख्यमन्त्री पाउने भएपछि ...

 

कंचनपुर क्षेत्र नम्बर १ को  प्रदेश सभा ख बाट निर्वाचित बिष्टको नाम मुख्यमन्त्रीका लागि चर्चा आउन थालेको हो । 

 

यस्तै, नेपाली कांग्रेसभित्रै मुख्यमन्त्रीका लागी प्रकाश देउवा, बहादुरसिंह थापा, कमल बहादुर शाह लगायतका नेताहरुको नाम समेत चर्चामा रहेको छ । 

 

नेपाली कांग्रेसका सिनियर नेता भएकाले बिष्टको मुख्यमन्त्रीमा दाबी हुनु उपयुक्त भएको कांग्रेसका नेता कार्यकर्ताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने– जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै

सुदूरपश्चिमको विकासका लागि सधैं लागि पर्ने छु : परराष्ट्रमन्त्री राणा

आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागिपर्ने बताईन ।सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित

सत्ता साझेदार दलको बैठक आज बस्दै

सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार वर्तमान सत्तारूढ दलहरूको बैठक अपराह्‍न ४ बजे बालुवाटारमा बस्ने भएको हो