फिल्म ‘तेल भिसा’ को छायांकन सकियो, मंसिर ७ मा प्रदर्शन

२०८१ श्रावण ६ आइतबार

मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । यो फिल्मको ७० प्रतिशत अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो ।

 

यसको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो । फिल्मको इन्डक्याप चितवनमा भएको हो । अन्तिम छायांकनमा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसमेत उपस्थित थिइन् । उनले चितवनमा छायांकन गरेकामा धन्यवाद र फिल्म सफलताको शुभकामना दिइन् ।

 

यो फिल्मबाट शंकर घिमिरे १२ वर्षपछि निर्देशनमा फर्किएका हुन् । त्यस्तै नायिका ऋचा घिमिरेको पनि यो कमब्याक फिल्म हो । अमेरिकामा बस्दै आएकी उनी १० वर्षपछि अभिनयमा फर्किएकी हुन् ।

 

यो फिल्ममा अभिनेता विपिन कार्की दोहोरो भूमिकामा देखिँदै छन् । फिल्ममा विपिन र ऋचासहित वर्षा राउत, पूजा लामा र बुद्धि तामाङको मुख्य भूमिका रहेको छ ।

 

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ ।

प्रतिकृया दिनुहोस

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको