फिल्म ‘गुन्युचोलो’मा नाजिरको पारालैंगिक लुक्स, रिलिज मिति तय

२०८१ असार २७ बिहीबार

लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको फिल्म ‘गुन्युचोलो’को प्रदर्शन मिति तय भएको छ । निर्माता कम्पनी द स्काइ ओसन इन्टरटेनमेन्ट र भिजन इन्टरटेनमेन्टले बिहीबार पोस्टर सार्वजनिक गर्दै कात्तिक ९ गते फिल्म आउने जनाएका हुन् ।

 

पोस्टरमा अभिनेता नाजिर हुसेनको ‘क्यारेक्टर लुक्स’ देख्न सकिन्छ । उनलाई ट्रान्सवुमन पात्र ‘गुलाबी’को रुपमा चिनाइएको छ । फिल्मको अंग्रेजी नाम ‘कमिङ अफ एज अफ अ गर्ल’ हो ।

 

पोस्टरमा नाजिरको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पहेंलो पहिरनमा देखिएको नाजिरको पात्रले एकातिर नक्कली कपाल र अर्को हातमा हिल्स बोकेको छ । अनुहार र शरीरमा चोटका निशान देखिन्छन् ।

 

नाकमा नथिया, कानमा झुम्का र यस्तै मुड दर्शाउने श्रृंगारमा उनी ट्रान्सवुमन अवतारमा प्रस्तुत छन् । हेयरस्टाइल, मेकअप र प्रप्समा राम्रो काम भएको यसमा देख्न सकिन्छ ।

 

निर्देशक समुन्द्र भट्टले फिल्मको पटकथा लेखनअघि एलजीबीटीआई समुदायको क्षेत्रमा कार्य गर्ने सामाजिक संस्था नीलहीरा समाज र मितिनी नेपालसँग परामर्श गरेकी थिइन् । फिल्मको पटकथा लेखनमा निर्देशक भट्ट र अभिनेता हुसेनले सहकार्य गरेका छन् ।

 

फिल्ममा अभिनेत्री सञ्चिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । फिल्मको पोस्ट प्रोडक्सन अमेरिकामा गरिएको हो ।

 

हलिउडकी भ्वाइस एक्टर लिजा जेरार्डले पनि यसमा स्वर दिएको बताइएको छ । जेरार्डको भ्वाइस एक्टिङ रहेको फिल्म ‘ग्लाडिएटर २’ नोभेम्बरमा रिलिज हुँदैछ, जसको ट्रेलर बुधबार सार्वजनिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस

‘१२ गाउँ’को एक साताको बक्सअफिस कलेक्सन १० करोड ५ लाख

चलचित्र ‘१२ गाउँ’ले एक साताको बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । फूलपातीको दिन रिलिज भएको चलचित्रले सात दिनमा १० करोड ५ लाख रुपैयाँ ग्रसकलेक्सन

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको