जलवायुमैत्री प्रविधि प्रयोग गरी धानको उत्पादन बढाउने सरकारको नीति छ : प्रधानमन्त्री प्रचण्ड

२०८१ असार १५ शनिबार

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानको उत्पादन बढाउने सरकारको नीति रहेको बताउनुभएको छ ।

 

२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आज चितवनको बछौलीमा भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले धानको उत्पादन र उत्पादकत्व बढाउन जलवायुमैत्री प्रविधिको अनुसन्धान, विकास र प्रसार सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभयो । साथै उहाँले किसानलाई आवश्यक मल र बीउको अभाव हुन नदिने पनि प्रतिबद्धता जनाउनुभएको छ ।

 

धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिँदै सरकारले आउँदो दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राखेको प्रधानमन्त्रीको भनाई छ । धानबाली नेपालको प्रमुख खाद्यान्न बाली हुनाले तीनवटै तहका सरकार गम्भीर भएर भइरहेका नीतिको सफल कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड छ ।

 

राष्ट्रिय धान दिवसको अवसरमा बछौलीमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले मेसिनबाट धान रोप्नुभयो । रासस

प्रतिकृया दिनुहोस

एमाले प्रतिपक्षमा बस्ने, संसद् सचिवालयमा जानकारी

नेकपा एमालेले संघीय संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ ।   शुक्रबार एमाले प्रमुख सचेतक महेश कुमार बर्तौलाले

सुदूरपश्चिम र लुम्बिनीप्रदेश सरकारबाट एमाले बाहिरियो

केन्द्रमा एमाले र कांग्रेसबीच सत्ता समीकरणको सहमति भएपछि प्रदेशमा पनि यसअनुसार समीकरण हेरफेरको प्रयास शुरु भएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश

विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

 गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा