वडाको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गरि पहल गर्छु : मेयर चाैधरी 

२०८१ असार २२ शनिबार

बेलाैरी, कञ्चनपुर

 

बेलाैरी नगरपालिकाले सिमाङ्कन गरिएको क्षेत्रमा घरटहरा हटाउने सम्बन्धि वडाद्वारा जारी गरिएको सूचना कार्यान्वयन भए नभएको बारे छलफल गर्ने जनाएको छ ।

 

शुक्रबार बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरीेले नेपाल भारत सीमाकाे (नाे मेन्स लेण्ड देखि मैनाहा सम्म) ४ लेन सडक निर्माणका लागि सडक सिमाङ्कन क्षेत्र भित्र पर्ने घरटहरा हटाउने सम्बन्धि सूचना कार्यान्वयन भए नभएको बारे पुनः छलफल गरी पहल गर्ने बताए ।


बेलाैरी नगरपालिका वडा नम्बर ४ र ६ ले केही समय अघि सिमाङ्कन गरिएको सडक क्षेत्रमा पर्ने घरटहरा हटाउने सूचना जारी गरेको थियो । तर उक्त सूचना कार्यान्वयन के भयो भन्ने बारे बुझेर आवश्यक निर्णय गर्न शनिबार कार्यपालिका बैठक डाँकिएकाे छ ।,


बेलाैरी भन्सार सडक संघर्ष समितिले अतिक्रमित सडक खाली गराउन माग राख्दै धर्ना थालेपछि नगरपालिकाले उक्त विषयमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताएकाे हाे ।

 

संघर्ष समिति संगकाे संवादमा मेयर पाेतीलाल चाैधरीले - "बेलाैरी कलुवापुर नाइल बुडर सडक कञ्चनपुरलाई सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो गाैरबकाे याेजनामा राखी आगामी आ.व का लागि १ कराेड बजेट विनियोजन गरेको जनाउँदै थप बजेटका लागि प्रदेश माननीय, संघीय माननीय लगायत सरकारका नेतृत्वपंक्ति संग आवश्यक समन्वय गरिरहेको बताए ।

 

यतिमात्र नभइ विगतमा बेलाैरी नगरपालिकाले नै उक्त ४ लेन सडक निर्माणका लागि डीपीआर बनाई सिमाङ्कन गरेको उनकाे तर्क थियो । मेयर चाैधरीलेे सिमाङ्कन सडक क्षेत्रमा पर्ने इलाका प्रहरी कार्यालय बेलाैरीकाे मूल गेट हटाइ हाल नयाँ निर्माण गरिएको जनाए ।

 

नगरकाे विकास निरन्तर चलिरहने प्रक्रिया भएको बताउँदै स्थानीय समाजसेवी बुद्धिजीवी एवम् सबै राजनीतिक नेतृत्वले हातेमालो गरे बेलाैरीकाे विकास सम्भव छ उनले भने, - "भन्सार सडक सन्दर्भमा ०८१ बैशाख ३० गते सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री एवम् भाैतिक पूर्वाधार विकास मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हाे ।, 

 

०८१ असार ७ गते सम्पन्न बेलाैरी नगरपालिकाकाे तेह्रौं नगरसभा सभाबाट ०८१/८२ काे नीति तथा कार्यक्रममा बेलाैरी छाेटी भन्सार बाेर्डर देखि मैनाहा सम्म (फाेर लेन) सडक निर्माणका लागि प्रदेश सरकार संग पहल गर्ने कुरा उल्लेख गरिएको बताउँदै मेयर चाैधरीले थप बजेट व्यवस्थापन पछि द्रुतगतिमा सडक निर्माण गरिने बताए ।

 

साेही प्रसंगमा उनले भने - "म एउटा सर्व-साधारण किसानकाे छाेरा हुँ, बेलाैरीकाे स्थानीय नागरिक पनि हुँ, मलाई पनि विकास निर्माण बारे चिन्ता र चासाे उत्तिकै छ, तर के गर्ने बजेटकाे अभाव छ यद्यपि आवश्यक पहल र प्रयास भने जारी नै राखेको छु ।,  

 

यता, पछिल्लो समय बेलाैरी बजारमा सडक निर्माणकार्य सुरु गरिएको छ । उक्त निर्माण कार्यमा नगरवासीले निगरानी गर्दै सहयोग गर्न अपिल गर्दछु मेयर चाैधरीले भने - " विकास हुनेछ र हुदैछ त्यसका लागि हामी प्रतिबद्ध छाैँ।, स्थानीय सरकारकाे ध्यानाकर्षण गराउनु स्वभाविक हाे, तर बर्षातमा धर्ना दिएर दु:ख नपाउन समितिलाई आग्रह गर्दछु ।, प्रक्रिया जारी छ ।

 

उता, बेलाैरी भन्सार सडक निर्माण संघर्ष समिति उप-संयोजक प्रकाश राज पन्तले - "हाम्रा ४ बुदेँ माग मात्रै रहेको बताउँदै अहिलेलाई पालिकाले भन्सार सडक खाली गर्ने गराउने सम्बन्धी सूचना जारी गरे धर्ना कार्यक्रम स्थगित गरिने बताए ।,

 

विकास निर्माणमा सरकार गम्भीर बन्नुपर्ने विचार व्यक्त गर्दै उनीहरूले विगत ४ दिन देखि बेलाैरी नगरपालिका कार्यालय बाहिर शान्तिपूर्ण धर्ना दिइरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी