विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न सीडीओलाई गृहको निर्देशन

२०८१ असार २१ शुक्रबार

 गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ ।

 

गृह सचिव एकनारायण अर्यालले हिजो 'भर्चुअल' माध्यमबाट 'कमाण्ड पोष्ट'का संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका पदाधिकारीसँग विपदजन्य घटना व्यवस्थापनबारे भएको छलफलमा यस्तो निर्देशन दिनुभएको हो । उहाँले देशभर हुनसक्ने विपदजन्य घटना व्यवस्थापन गर्न आफ्ना जिल्लाका पालिकासँग सहकार्य एवम् समन्वय गरेर पूर्वतयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।

 

प्रदेश सरकार, निजी क्षेत्र, सामाजिक संस्था परिचालनका निम्ति समन्वय गर्न एवम् सडक विभागबाट तयारी अवस्थामा राखिएका उपकरण मुख्य राजमार्गमा तैनाथ गर्नुपर्ने जनाउँदै गृहसचिव अर्यालले त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्नसमेत निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ ।

 

मौसम पूर्वानुमान गर्ने निकायको तत्परतालाई थप प्रभावकारी गर्न अनुरोध गर्दै तत्काल उद्वार र राहतका लागि हेलिकप्टरदेखि अरू प्रभावकारी स्रोत साधन चुस्त राख्न सम्बद्ध सबै पक्षलाई गृहले अनुरोध गरेको छ । जिल्लामा काम गर्ने सिलसिलामा असहजता भएका मन्त्रालयसँग समन्वय गर्न र सहजीकरणका लागि तत्काल तयार रहेको गृहसचिव अर्यालले बताउनुभएको छ ।

प्रतिकृया दिनुहोस

माओवादीले शनिबार काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा माओवादी केन्द्रले यही कात्तिक १० गते शनिबार काठमाडौं उपत्यकामा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ ।   सरकारका गलत कदमको विरोध र

कुनै पार्टी फुटाएर एमालेमा मिलाउने याेजना छैन : ओलि

प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूकाे याेजना नभएकाे बताउनु छ ।   उप्रधानमन्त्री निवास बालुवाटारमा

ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जनाएका छन्