टी-२० विश्वकप फाइनल : उपाधिको लागि भारत र दक्षिण अफ्रिका भिड्दै

२०८१ असार १५ शनिबार

 आईसीसी टी-२० विश्वकप २०२४ को फाइनलमा आज भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार आज साँझ ८ : १५ मा बार्बाडोसमा सुरु हुनेछ ।

 

पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो फाइनलमा पुगेको थियो । भारतले दोस्रो सेमिफाइनल खेलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । भारत तेस्रो र दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा पुगेका हुन् ।

 

भारतले सन् २००७ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै उपाधि जितेको थियो । सन् २०१४ को टी-२० विश्वकप फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले हारेको थियो । उता दक्षिण अफ्रिका कुनै पनि विश्वकपको पहिलो पटक फाइनल खेल्दैछ ।

 

जारी विश्वकपमा दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण १-१ अंक बाँडेको थियो । सुपर-८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।

 

उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराएको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।

 

दक्षिण अफ्रिका बलिङ आक्रामण उत्कृष्ट छ । तीव्र गतिका बलर एनरिच नोर्किया, कागिसो रबाडा र मार्को यानसन हुनेछन् । यस विश्वकपमा रबाडाले १२, नोर्कियाले १३, यानसनले ६, स्पिनर तबरेज शाम्सीले ११ र केशव महाराजले ९ विकेट लिएका छन् ।

 

पावर प्लेमा यानसन र रबाडाले उत्कृष्ट सुरुवात दिलाउँदै आएका छन् । त्यसलाई नोर्किया, शाम्सी र महाराजले निरन्तरता दिएका छन् ।

 

भारतका दुई तीव्र गतिका बलर जस्प्रित बुमराह र अर्शदीप सिंहको जोडीले त्यतिनै दमदार प्रदर्शन गरेका छन् । यस विश्वकपमा अर्शदीपले १५ र जस्प्रित बुमराहले १३ विकेट लिएका छन् । बुमराहको चार ओभरको स्पेलले खेलमा धेरै प्रभाव पार्नेछ ।

 

भारतका ओपनर रोहित शर्मा चलेको खण्डमा एक्लै खेल जिताउन सक्ने खुबी भएका ब्याटर हुन् । पछिल्ला दुई महत्वपूर्ण खेलमा अष्ट्रेलियासँग ९२ र इंग्ल्यान्डसँग ५७ रन बनाएका थिए । रोहितको बायाँ हाते बलरविरुद्ध विशेषगरी इनस्वींगमा राम्रो इतिहास छैन । यानसनको स्पेलमा बच्नुपर्ने हुन्छ ।

 

उता प्रमुख ब्याटर विराट कोहली लयमा छैनन् । भारत कोहलीबाट महत्वपूर्ण खेलमा उत्कृष्ट प्रदर्शनको अपेक्षा गर्नेछ । सूर्यकुमार यादव, ऋषभ पन्त र हार्दिक पान्ड्याको ब्याटिङ प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।

 

कुलदीप यादव, अक्षर पटेल र रवीन्द्र जडेजा भारतको स्पिन हतियार हुन् । दक्षिण अफ्रिका हेनरिक क्लासेन स्पिन खेल्न सक्ने प्रमुख ब्याटर हुन् । ओपनर क्विन्टन डिकक र तेस्रो नम्बरक ब्याटर एडेन माक्ररम दक्षिण अफ्रिका प्रमुख ब्याटर हुन् । यी दुई ब्याटरको विकेट समयमै लिन सके भारत सहजै च्याम्पियन बन्नसक्छ । राम्रो सुरुआत पाउँदा डेविड मिलर र ट्रिस्टन स्टब्सले विष्फोटक अन्त्य गर्न सक्छन् ।

 

हेड टु हेड

 

भारत र दक्षिण अफ्रिकाबीच टी-२० विश्वकपमा कुल ६ खेल भएका छन् । भारत ४ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको छ ।

 

सन् २०२२ को टी२० विश्वकपमा भारत दक्षिण अफ्रिकासँग ५ विकेटले पराजित भएको थियो । २०१४ को सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६ विकेटले हराउँदै भारत फाइनलमा पुगेको थियो । पछिल्ला चार खेलमा दक्षिण अफ्रिका तीन खेलमा विजयी भएको छ ।

 

मैदानको बारे जानकारी

 

बार्बाडोसको ब्रिजटाउनमा रहेको केन्सिङ्टन ओभल तीव्र गतिका बलरलाई बढी फाइदा पुग्ने गर्दछ । उक्त मैदानमा यस विश्वकपमा सर्वाधिक रन अष्ट्रेलियाले इंग्ल्यान्डविरुद्ध २०१ रन बनाएको थियो । सबैभन्दा कम ओमान र नामिबियाले समान १०९ रन बनाउँदै सुपर ओभर खेलेका थिए ।

 

दक्षिण अफ्रिका टोली

 

क्विन्टन डि कक, रिजा हेन्ड्रिक्स, एडेन माक्ररम (कप्तान), ट्रिस्टन स्टब्स, हेनरिक क्लासेन, डेविड मिलर, मार्को यानसन, केशव महाराज, कागिसो रबाडा, एनरिच नोर्किया, तबरेज शाम्सी, ओटनिल बार्टमान, जेराल्ड कोट्जी, ब्जोर्न फोटुइन र रयान रिकेल्टन ।

 

भारतको टोली 

 

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिबम दुबे, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, अर्शदीप सिंह, जस्प्रित बुमराह, युजभेन्द्र चहल, सञ्जु स्यामसन, मोहम्मद शिराज र यशस्वी जैसवाल ।

प्रतिकृया दिनुहोस

नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएकाे छ । अमेरिकाले दिएकाे ३ रनकाे लक्ष्य नेपालले ४ बलमा भेटायाे । सुपर

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित

महिला साफ च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे