नेपालले अमेरिकालाई 'सुपर ओभर' मा हरायाे

२०८१ कार्तिक ४ आइतबार

दाेस्राे टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएकाे छ । अमेरिकाले दिएकाे ३ रनकाे लक्ष्य नेपालले ४ बलमा भेटायाे । सुपर ओभरमा अमेरिकाले २ रन बनाएकाे थियाे । नेपालका साेमपाल कामीले २ रन दिएर २ विकेट लिए ।

 

त्यसअघि नेपालले दिएकाे १ सय ७१ रनकाे लक्ष्य पछ्याएकाे अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रनमात्रै बनाउन सक्यो । नेपाल र अमेरिकाको स्कोर बराबरी भएपछि खेल सुपर ओभरमा पुगेको हो । अमेरिकाका आन्द्रेस गाैसले सबैभन्दा धेरै ६२ रन बनाए । नेपालका करण केसीले ३, साेमपाल कामीले २ तथा सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

 

यसअघि डालासमा टस जितेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनायाे । नेपालका कुशल भुर्तेलले नटआउट ९२ रन बनाए । भुर्तेलले ५४ बल खेल्दै ६ छक्का र ७ चाैका प्रहार गरे । अमेरिकाका जसदीप सिंह र नाेस्थुश केन्जिगेले समान २ विकेट लिए ।

 

याे जीतसँगै नेपालले तीन खेलकाे शृङ्खला एक खेलअघि नै जितेकाे छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । टी–२० शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भाेलि हुनेछ ।

प्रतिकृया दिनुहोस

नेपालले अमेरिकाविरुद्धको दोस्रो टी-२० खेल भोलि बिहान खेल्दै

नेपालले भोलि बिहान अमेरिकाविरुद्धको टी- २० सिरिजको दोस्रो खेल खेल्दै छ । नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुने यो खेल अमेरिकाको टेक्सासस्थित

महिला साफ च्याम्पियनशिप : नेपालले आज भुटानसँग खेल्दै

महिला साफ च्याम्पियनशिपमा आज नेपाल र भुटानबीच खेल हुँदैछ । खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे

महिला साफ च्याम्पियनशिपका लागि नेपाली टोली घोषणा

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले महिला साफ च्याम्पियनशिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । एन्फाले हिजो २३ सदस्यीय टिमको घोषणा