टी–२० विश्वकप : नेपाल र श्रीलङ्काको खेल रद्द, एक/एक अङ्क बाँडे

२०८१ जेठ ३० बुधबार

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल र श्रीलङ्काबीचको खेल पानी परेर मैदान भिजेका कारण रद्द भएको छ । टस समेत हुन नपाई खेल रद्द भएसँगै एक/एक अङ्क बाँडिएको छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो ।

 

श्रीलङ्का पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बङ्ग्लादेशसँग २ विकेटले पराजित भएको थियो । नेपालले दुई र श्रीलङ्काले एक खेल खेल्न बाँकी छ । नेपाली टोली अमेरिकाबाट वेस्ट इन्डिज जानेछ । सेन्ट भिसेन्टमा नेपालले दक्षिण अफ्रिका र बङ्ग्लादेशसँग खेल्नेछ ।

 

नेपालले समूह ‘डी’ बाट शीर्ष दुईमा रहेर सुपर आठमा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । यो समूहमा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अङ्कका साथ शीर्ष स्थानमा छ । 

प्रतिकृया दिनुहोस

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आज बिहान भएको फाइनलमा कोलम्बियालाई १–० गोलले हराउँदै अर्जेन्टिनाले उपाधि जितेको हो

मेरो बारेमा अनुसन्धान गर्नुस्, कानून मलाई पनि लाग्छ : रबि लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो बारेमा कुनै विषयमा अनुसन्धान अगाडि बढाउनुपर्ने लागेमा निःकङ्कोच अनुसन्धान अघि बढाउन आग्रह

युरो कपको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्ड खेल्दै

युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दैछन् । फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा नेपाली समय अनुसार