पशुपालक कृषकले अनिवार्य बीमा गराैं : पशुविकास अधिकृत भट्ट
दिनेश चाैधरी / बेलाैरी, कञ्चनपुर -
बेलाैरी नगरपालिका पशु विकास अधिकृत कुलाेमणी भट्टले पशुपालक कृषकलाई अनिवार्य पशु बीमा गर्न अनुरोध गरेका छन् ।
बिहीबार बेलाैरी नगरपालिका वडा नम्बर ८ काे सभाहलमा सञ्चालित पशु सेवा सम्बन्धि सराेकारवालाहरु बिच खुल्ला अन्तरक्रियात्मक रेडियो कार्यक्रम नागरिक सुनुवाइमा अधिकृत भट्टले किसानलाई पशुपन्छी बीमा गर्न अनुरोध गरेका हुन् ।
बेलाैरी पशुसेवा शाखा अधिकृत भट्टले बीमा गर्दा संघीय सरकारबाट ८० प्रतिशत र सुदूरपश्चिम प्रदेश सरकारबाट २० प्रतिशत पशुपन्छी बीमा प्राप्त हुने भएकाले पशुपालक कृषकलाई अनिवार्य पशु बीमा गर्न सुझाव दिए ।,
अधिकृत भट्टलेे भने - "पशु बीमा गर्दा खासै पैसा लाग्दैन, अर्कोतर्फ कृषकलाई २ लाख सम्मकाे दुर्घटना बीमा समेत प्राप्त हुन्छ ।, यस्तै मानव र घरपालुवा जनावर बीच अन्याेन्याश्रित सम्बन्ध रहने भएकाले पशु स्वास्थ्य उपचारमा ध्यानदिन अनुराेध गरेका छन् ।,
रेडियो सुदूर सञ्चारद्वारा आयाेजित उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका भट्टले सहभागीका विविध प्रश्न एवम् जिज्ञासा मेटाउने प्रयास समेत गरेका थिए ।,
यस्तै, बेलाैरी नगरपालिका वडा ८ का अध्यक्ष विश्राम रानाले अब घरपालुवा जनावरकाे उपचारका लागि वडामै पशु सेवा उपशाखा सञ्चालनमा रहेको बताउँदै अब टाढा जानु नपर्ने बताए ।
उनले पशु सेवाद्वारा उपलब्ध हुने विभिन्न औषधी उपचार सेवा लिन वडाबासी सम्पूर्णमा अनुरोध गरेका छन् । भने अन्य स्थानीय सरकारी सेवामा कुनै समस्या परे जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन् । ,
पशु सेवा र कृषक समस्या सम्बन्धि गुनासो सुन्ने रेडियो कार्यक्रम नागरिक सुनुवाइमा अध्यक्ष रानाले पहिलोपटक निकै फरक एवम् प्रभावकारी कार्यक्रम आयाेजना गर्नुभएकाेमा सुदूर सञ्चार टीमलाई धन्यवाद दिन चाहन्छु उनले भने ।,
सराेकारवाला निकायलाई सिधा प्रश्न राख्दै स्थानीय समाजसेवी राजेन्द्र चन्द ठकुरीले पशु उपचार सेवा थप प्रभावकारी बनाउन अपिल गरे।, घरपालुवा जनावरमा बेलाबेला विभिन्न भाइरल डिजीज देखा परिरहेकाले राेग लाग्नु भन्दा पहिले नै एन्टीभ्याक्सिन सुइ लगाउनु पर्ने कुरामा जाेड दिए ।,
यस्तै अर्का स्थानीय व्यवसायी रवीन्द्र ठगुन्नाले नस्ल सुधार खाेर सुधार जस्ता विभिन्न अनुदान नजिकका मान्छेलाई मात्रै जाने र सर्वसाधारण किसानले दु:ख मात्रै पाउने गुनासो पाेख्दै यस्तो नगर्न सराेकारवाला समक्ष आग्रह गरे।, भने जवाफमा पशुसेवा शाखा बेलाैरीले कुनै अनुदानमा काखा पाखाँ नगरेको जनाएको छ ।, स्थानीय भलमन्साले समयमा उपचार नपाउदाँ आफ्नो बंगुर मरेकाे पीडा सुनाए ।
उनीहरूले सहभागीका गुनासो सुन्ने सुनाउने रेडियो कार्यक्रम नागरिक सुनावाइ जनताको कार्यक्रम भएकाले आउदा दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
स्थानीय पशुपालक कृषककाे सहभागी रहेकोे कार्यक्रममा नागरिक समाज सुरक्षाकर्मी सञ्चारकर्मी कर्मचारी जनप्रतिनिधि एवम् सराेकारवालाहरुकाे बाक्लो उपस्थिति रहेको थियो ।
महाकाली चारलेन पुल पोखरीको गाईडबण्ड भत्किदैँ
कञ्चनपुर - बिहीबारदेखि अबिरल रुपमा परिहेको वर्षाले महाकाली नदीमा पानी घटिरहेको अवस्थामा कञ्चनपुर ऐरी स्थित चार लेन पुलको पोखरीको गाईडबण्ड(तटबन्ध)
सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने
सुदूरपश्चिम प्रदेश सरकारले आगामी सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा
मोहना नदीले बगायो सशस्त्र प्रहरीको बीओपी भवन
धनगढीमा मोहना नदीले सशस्त्र प्रहरीको बीओपीको भवन बगाएको छ । शुक्रबार राति वर्षासँगै आएको मोहना नदीको बाढीले धनगढी उपमहानगरपालिका–१९
प्रतिकृया दिनुहोस