आज गणतन्त्र दिवस

२०८१ जेठ १५ मंगलबार

आज गणतन्त्र दिवस मनाइँदैछ । देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन आज दिवसका रूपमा मनाइन्छ । सरकारले यसअघि तीन दिन जेठ १४, १५ र १६ गतेसम्म दीपावलीसहितका कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेअनुसार कार्यक्रम भइरहेका छन् ।

 

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ साल जेठ १५ गते निरङ्कुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो । २०६५ सालमा गणतन्त्र र २०७२ सालमा संविधान घोषणा भएपछि देशमा सङ्घीयता कार्यान्वयन भएको छ ।

 

तीन तहको सरकारले काम गरिरहेका छन् । तर गणतन्त्रको डेढ दशक बित्दा पनि नागरिकमा निराशा कायमै छ । गणतन्त्र स्थापनासँगै नागरिकले देश समृद्धितर्फ अघि बढ्ने अपेक्षा गरे पनि बेरोजगारीको समस्या घट्नुको साटो बढ्दैछ । रोजगारीकै लागि विदेशिने क्रम रोक्न सकिएको छैन ।

 

सुशासनको खस्कँदो अवस्था छ । सरकारका उच्च पदस्थ कर्मचारी, मन्त्री, उपप्रधानमन्त्रीलगायत नै भ्रष्टाचार र अनियमिततामा संलग्न भएको घटना सार्वजनिक भइरहँदा नागरिकमा असन्तुष्टि छ । गरिखाने वर्गलाई अझै हातमुख जोड्न धौ–धौ भइरहेकै छ । कतिपय गाउँठाउँमा सामान्य रोगको समेत उपचार नपाएर ज्यान गुमाउनुपर्ने स्थिति छ ।

 

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र विभिन्न दलका नेताहरुले गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्दै नागरिकमा छाएको निराशा सबै मिलेर हटाउनुपर्नेमा जोड दिएका छन् । त्यस्तै आज गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । 

प्रतिकृया दिनुहोस

काठमाडौंमा रातारात घर घडेरीकाे मूल्य घट्यो

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती र मनोहरा खोला किनारका जग्गाहरु रातारात करोडौंबाट कौडीको भाउमा झरेका छन् ।   उक्त नदीको दायाँबायाँ ४०–४०

त्रिभुवन विमानस्थलमा खादा-माला नल्याउन आग्रह

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइका क्रममा खादा, माला नल्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणले आग्रह गरेको छ ।   सुरक्षा जाँचका क्रममा

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीमा बाढीको जोखिम

अबको तीन दिन कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा बाढीको जोखिम हुने भएकाले त्यस आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान