चर्चित महिला सञ्चारकर्मी बिना सम्मानित

२०८१ जेठ ७ सोमबार

काठमाडौं -

 

एक्जिटो इभेन्ट्सले आयोजना गरेको एक्जिटो एक्सिलेन्स अवार्डबाट सञ्चारकर्मी बिना श्रेष्ठलाई सम्मान गरेको छ ।

 

रेडियो देखि टेलिभिजन सम्म विगत दुई दशक भन्दा लामो योगदानकाे उच्च मुल्यांकन गर्दै श्रेष्ठलाई सम्मान तथा अवार्ड प्रदान गरिएको हो ।

 

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले उनलाई सम्मान गरेकी छन् । कार्यक्रममा पाइलट तथा कलाकार विजय लामा, नायिका स्वस्तिमा खड्का, गायिका रचना रिमाल, गायक तथा संगीतकार टंक बुढाथोकी लगायतलाई समेत सम्मान गरिएको थियो ।

 

सन्चारकर्मी विना विगत दुई दशक देखि निरन्तर सञ्चार क्षेत्रमा आबद्ध छिन् । हाल प्राईम टेलिभिजनमा उनी प्रमुख कार्यकारी निर्माता पदमा रहेर कार्यरत छिन् भने बिनाले समय समयमा म्युजिक भिडियो समेत निर्देशन गर्दै आएकी छन् । प्राइम टेलिभिजनमा पछिल्लो समय उनको चर्चित कार्यक्रममा "Bina;s Show" ले निकै चर्चा बटुलिरहेकाे छ ।,

 

Open photo

प्रतिकृया दिनुहोस

सिनेमा ‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, दुवै चलचित्रले पहिलो सातामै १० करोड रुपैयाँ छुने प्रक्षेपण

दसैंको लामो बिदालाई टार्गेट गर्दै गत असोज २४ गते फूलपातीको दिन तीन वटा नयाँ चलचित्र रिलिज भएका दुई चलचित्र ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’ले

फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक

यसवर्षको प्रतीक्षित नेपाली फिल्म ‘छक्कापञ्जा ५’को ट्रेलर सार्वजनिक भएको छ । दशैं फूलपातिको अवसरमा असोज २४ गते विहिबारदेखि प्रदर्शन हुन लागेको

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले