इजरायलले गाजामा राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने

२०८० चैत २३ शुक्रबार

इजरायलले गाजामा थप राहत सामग्री पुर्‍याउन तीनवटा मानवीय मार्ग खोल्ने भएको छ ।

 

उत्तरी गाजाको इरेज गेट युद्ध शुरु भएपछि पहिलो पटक अस्थायी रूपमा खाल्न लागेको इजरायलले जनाएको छ । मानवीय सहायता आपूर्तिका लागि अश्दोद बन्दरगाह पनि खोलिनेछ । यसबाहेक, जोर्डनबाट राहत सामग्री गाजा प्रवेश गर्नको लागि केरेम शालोम क्रसिङ पनि खोलिने बीबीसीले जनाएको छ ।

 

यसै हप्ता युद्धग्रस्त गाजामा इजरायलको आक्रमणबाट खाना तथा पानी वितरण गर्दै आएको खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जना सहायताकर्मीको ज्यान गएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको छलफलपछि यो निर्णय गरिएको खबरमा उल्लेख छ । युद्ध शुरु भएयता त्यस क्षेत्रमा अहिलेसम्म १ सय ९७ जना सहायताकर्मीको ज्यान गैसकेको छ ।

 

इजरायली हस्तक्षेप र लगातारको आक्रमणका कारण गाजा पट्टीमा बसोबास गर्ने २० लाख जनसंख्या भोकमरीको सङ्कटमा परेको र यस सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको मानवीय सहायता निकायले पनि चेतावनी दिएको छ ।

प्रतिकृया दिनुहोस

बंगलादेशमा निषेधाज्ञा आदेशलाई थप खुकुलो पारियो

बंगलादेशमा बिहीबार राष्ट्रव्यापी  निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ

मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।   हमास प्रशासित