बंगलादेशमा निषेधाज्ञा आदेशलाई थप खुकुलो पारियो

२०८१ श्रावण १० बिहीबार

बंगलादेशमा बिहीबार राष्ट्रव्यापी  निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । 

 

विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् । 

 

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्यांकमा उल्लेख छ ।

हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् र अझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् । 

 

 

हसीनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।

 

दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो । 

 

गत हप्ता बन्द भएका बैंक, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए ।

 

शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्ने बारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ ।  यस महिनाको र्‍याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ ।

प्रतिकृया दिनुहोस

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।   फ्रान्समा गएको जुलाईमा भएको

भारतको बङ्गालमा बलात्कारलाई मृत्यु*दण्ड दिने कानून पारित

पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । गएको अगस्ट ९ तारिखमा कोलकाताको एउटा सरकारी अस्पतालमा कार्यरत

शेख हसिना सरकारका आठ मन्त्रीलाई देश छाड्न प्रतिबन्ध

बंगलादेशको अन्तरिम सरकारले शेख हसिना सरकारका आठ मन्त्री र उनको पार्टी अवामी लिगका ६ जना सांसदलाई देश छाड्न प्रतिबन्ध लगाएको छ । एन्टी करप्सन कमिशनका