कल रिकर्ड वा स्क्रिनसट सार्वजनिक गरे ३ वर्ष जेल र तीनलाख जरिवाना

२०८० फागुन २९ मंगलबार

कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिच विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सार्वजनिक गर्न नपाइने भएको छ । 

 

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा गोपनीयता भङ्ग गर्न नहुने व्यवस्था अन्तर्गत यस्तो प्रावधान प्रस्ताव गरिएको हो । जसअनुसार आपसी संवाद यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन पाइने छैन ।

 

विधेयकको दफा ८९ को उपदफा १ मा लेखिएको छ, “कसैले पनि कानून बमोजिम बाहेक विद्युतीय माध्यमबाट कसैको वैयक्तिक विवरण वा सूचना, जानकारी, पत्राचार अनधिकृत रूपमा प्राप्त गर्न, त्यसको गोपनीयता भङ्ग गर्न वा अनधिकृत रूपमा कसैलाई उपलब्ध गराउन हुँदैन ।”

 

दफा ८९ को उपदफा (२) मा कसैले पनि कुनै दुई वा दुईभन्दा बढी व्यक्तिहरूबिचमा विद्युतीय माध्यमबाट भएका कुनै संवाद वा कुराकानी वा संकेत सम्बन्धित व्यक्तिहरूले उजुरी दिएको वा कानून बमोजिम अधिकार प्राप्त अधिकारीले आदेश दिएकोमा बाहेक कुनै यान्त्रिक उपकरणको प्रयोग गरी सुन्न वा त्यस्तो कुराको ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन हुँदैन भनिएको छ ।

 

तर यो नियम सार्वजनिक रूपमा गरिएको भाषण वा वक्तव्यको हकमा भने लागु हुने छैन । प्रचलित कानून बमोजिमको अवस्थामा पनि कुनै पनि सूचना, जानकारी वा पत्राचार सुन्न, ध्वनि अङ्कन वा रेकर्ड गर्न वा गराउन सकिने विधेयकमा उल्लेख छ ।

 

यो कसुर गरेको पाइएमा तीन लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतिकृया दिनुहोस

यी कारणले नचलेको हुन सक्छ तपाईंको वाई-फाई !

इन्टरनेटका लागि भरपर्दो माध्यम हो, वाई-फाई । इन्टरनेट सेवा प्रदायकहरूले विभिन्न प्याकेज बनाएर वाई-फाईको सेवा दिइरहेका हुन्छन् । तर कतिपय अवस्थामा

अनलाइनबाट बिजुलीको बिल बिहान ८ देखि राति १२ बजेसम्म तिर्न सकिने

नेपाल विद्युत् प्राधिकरणले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने समय अवधि बढाएको छ ।   यसअघि बिहान १० बजेदेखि राति १० बजेसम्म मात्रै अनलाइनमार्फत बिल

पठाएको जिमेल गइरहेको त छैन ? अब यसो गर्नुहोस्

औपचारिक कुराकानीका लागि जिमेल एउटा राम्रो विकल्प हो । यदि धेरै एजेन्सीहरूसँग कुराकानी गर्ने काम छ भने जिमेल तपाईंले प्रयोग गर्नैपर्ने हुन्छ । तर,