पाकिस्तानको राष्ट्रपतिमा आसिफ अली जरदारी विजयी

२०८० फागुन २७ आइतबार

पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी भएका छन् । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएकाे छ । 

 

जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गरेका छन् । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गरेका हुन् ।

 

जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गरेका थिए । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ भएका छन् ।

 

६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति बनेका थिए । जरदारी राष्ट्रपति पदमा दोस्रो पटक निर्वाचित भएका हुन् । गएको फेब्रुअरीमा भएको आम चुनावमा जरदारी राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए । राष्ट्रपतिमा विजयी भएसँगै उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ । 

प्रतिकृया दिनुहोस

बंगलादेशमा निषेधाज्ञा आदेशलाई थप खुकुलो पारियो

बंगलादेशमा बिहीबार राष्ट्रव्यापी  निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा

भारतले नेपाललाई ११ अर्ब २० करोड अनुदान दिने

दक्षिणी छिमेकी भारतले नेपाललाई आर्थिक वर्ष २०२४-२५ मा ७ अर्ब भारु अनुदान दिने भएको छ । यो रकम भारतसँगको स्थिर विनिमयदर अनुसार ११ अर्ब २० करोड रुपैयाँ

मृत आमाको कोखबाट नवजात शिशुको उद्धार

इजरायली आक्रमणमा ज्यान गुमाएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै उद्धार गरिएको गाजास्थित एक अस्पतालले शनिबार जनाएको छ ।   हमास प्रशासित