अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू !

२०८० फागुन २४ बिहीबार

पछिल्लो समय अनलाइन बैङ्किङको प्रयोग दिन प्रतिदिन बढिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले बढी सुरक्षित हुने भन्दै प्रयोगकर्तालाई डिजिटल प्लेटफर्म मार्फत नै कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् ।

 

छिटो र सजिलो माध्यम बनिरहेको अनलाइन बैङ्किङ खाना खाँदादेखि सपिङ गर्दा वा घुम्न जाँदासम्म पनि प्रयोग हुने गर्छ । क्यास पैसा पछिल्लाे समय बाेक्ने चलन नै हराउन लाग्याे भन्दा पनि फरक नपर्ला । तर, कतिपय अवस्थामा अनलाइनबाट कारोबार गरिरहँदा धेरै कुराहरूमा सजग हुनुपर्छ । अन्यथा धेरै अकाउन्टहरू ह्याक भएर पैसा हरायो भन्ने गरेका समाचारहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।

 

अनलाइन बैङ्किङ प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरू :  

 

– अनलाइन बैङ्किङको प्रयोग गर्नुअगाडि बैङ्कको अनलाइन बैंकिङसम्बन्धी नियम प्रक्रियाबारे सम्बन्धित बैंकसँग वा जानेको व्यक्तिहरूसँग पूर्ण जानकारी लिने ।

 

– अनलाइन बैङ्किङ सेवा प्रयोग गर्दा सम्बन्धित बैङ्कको आधिकारिक वेबसाइट तथा आधिकारिक मोबाइल एप पहिचान गरेर मात्र प्रयोग गर्ने ।

 

– आफ्नो बैङ्क स्टेटमेन्ट नियमित चेक गर्ने ।

 

– आफ्नो बैङ्क खाता नम्बर, पासवर्ड, पिन कोड तथा ओटीपीजस्ता कुराहरू अरूलाई सेयर नगर्ने ।

 

– अनलाइन बैङ्किङको लागि बलियो पासवर्डको प्रयोग गर्ने र समय समयमा आफ्नो पासवर्ड परिवर्तन गरी रहने ।

 

– आफ्नो बैङ्क खातामा कुनै शङ्कास्पद गतिविधि देखिए तुरुन्त बैङ्कमा सम्पर्क गर्ने ।

प्रतिकृया दिनुहोस

पासवर्ड राखेर यसरी सुरक्षित राख्नुहोस् पीडीएफ फाइल

एक समय थियो, जब चोर तपाईंको पैसा र गहना चोरी गर्थ्यो, तर अब डिजिटल चोरको बिगबिगी छ । जसले तपाईंका महँगा सामानको साटो तपाईंको डेटा चोरी गर्न सक्छ र बैंकिङ

साउन महिनामा किन खानु हुदैन मासु ? यस्ता छन् कारण !

साउनलाई हरियालीको महिनाका रुपमा लिइन्छ । यसलाई शाकाहारी महिना भनेर पनि चिनिन्छ। साउनमा विशेषगरी हिन्दु धर्मावलम्बी नारीहरूले हातमा मेहन्दी हरियो,

नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि...

नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।   सगरमाथा