नेपालको हिमाल राखेर कोहलीले भारतको प्रचार गरेपछि...
नेपालको हिमालको भिडियो राखेर भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीले भारतको प्रचार गरेपछि नेपालीले आक्रोश व्यक्त गरेका छन्।
सगरमाथा क्षेत्रको भिडियो राख्दै कोहलीले भारतको प्रचारात्मक भिडियो बनाएपछि उनको पोस्टमा नेपालीले आक्रोश पोखेका हुन्।
कोहलीले भारतको प्रचारात्मक भिडियो बनाउँदा सुरुमै नेपालको हिमालको दृश्यलाई राखेर इन्डिया, भारत, हिन्दुस्थान भन्दै भारतको प्रचार गरेका हुन्। उनले प्राकृतिक सुन्दरतासँगै प्रजातन्त्र, क्रिकेट, बलिउड, छिटो विकास भइरहेको अर्थतन्त्रका लागि भारत चर्चित भएको बताएका छन्। यो विषयमा नभएर नेपालीले हिमालको भिडियो राखेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
धेरैजनाले उक्त भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै सच्याउन माग पनि गरेका छन्। अनन्या कार्कीले नेपालको सोलुखुम्बुमा रहेको हिमाल भारतको भन्दै देखाएको भन्दै विराटको आलोचना गरेकी छन्।
उनले सगरमाथा नेपालको शान भएको भन्दै यसमा विराटले लाज मान्नुपर्ने प्रतिक्रिया दिएकी छिन्। भगवान बुद्ध र सीता पनि नेपालमै जन्मिएका तर भारतले आफ्नो देशमा जन्मिएका भन्ने गरेको भन्दै त्यसको पनि खण्डन गरेकी छन्।
यस्तै विकास पौडेलले नेपालको हिमाललाई भारतको भनेर खेलाडीलाई गलत सन्देश
नदिन आग्रह गरेका छन्।
सुशान्तले नेपाल पूर्वी भेगमा रहेको छुलु हिमाललाई भारतको भनेर देखाइएको भन्दै विराटप्रतिको आफ्नो सम्मान हटेको बताएका छन्। उनले आफूलाई थाहा नभएका कुरा सामाजिक संजालमा पोष्ट नगर्न पनि अनुरोध गरेका छन्। अर्जुन देउवाले चेतावनीको शैलीमा छुलु नेपालको भएको भन्दै भारतको भनेर प्रचार नगर्न भनेका छन्।
श्रीधर पौड्यालले भने विराटप्रति आफ्नो सम्मान रहेको तर भिडियोमा देखाइएको हिमाल नेपालको भन्दै यो भिडियो बनाउनेको गल्ती भएको बताएका छन्। उनले नेपालको गौरवलाई आफ्नो नभन्न पनि चेतावनी दिएका छन्।
तिलक लामिछानेले विराटलाई आफ्नो देशको भूगोल बारे ज्ञान नभएको भन्दै गाली
गरेका छन्।
कसैलाई छुँदा किन लाग्छ करेन्ट ?
कहिलेकाहीँ जब तपाईं कुनै व्यक्तिलाई छुनुहुन्छ, करेन्टको झट्का लागे जस्तो महसुस हुन्छ वा सुईले घोचेको जस्तो अनुभव हुन्छ । यस्ता दृश्य फिल्महरूमा
यात्रुले आपतकालीन ढोका खोलेपछि...
एकजना यात्रुले आपतकालीन ढोका खोलेपछि बुद्ध एयरको उडान प्रभावित भएको छ । विराटनगरबाट जनकपुरका लागि उड्दै गरेको बुद्ध एयरको एटीआर विमानमा यात्रु
सन्तान विदेशमा, बाबुआमा वृद्धाश्रममा
नुवाकोटकी सीतामायाको उमेरले ९० काटिसक्यो । यो डाँडामाथिको जुनजस्तै ९० वर्षको उमेरमा सीता मायाको वरिपरि छोराछोरी, नातिनातिना हुुनुपर्ने हो । तर
प्रतिकृया दिनुहोस