सुनकाे भाउ एकैदिन तोलामा १५ हजार नौ सय रुपैयाँले घट्यो

२०८१ मङ्सिर १० सोमबार

सरकारले सुनचाँदीमा लाग्ने भन्सार महसुल घटाएसँगै सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेको छ । हिजो एक लाख ६७ हजार दुई सय रुपैयाँ रहेको सुनको भाउ आज एकैदिन १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचााँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 

यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँ सम्म पुगेको सुनको भाउ कात्तिक अन्तिममा लगातर घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो ।

 

यस्तै आज चाँदीको भाउ पनि तोलामा एक सय १५ रुपैयाँले घटेर एक हजार आठ सय ४५ रुपैयाँमा पुगेको छ ।

 

मङ्सिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै आज एकैदिन ठूलो अङ्कले घटेको हो ।

 

सरकारले सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको छ भने चाँदीको पनि भन्सार महसुल दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ ।

 

भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशङ्काबीच भन्सार महसुल घटाइएको हो । 

प्रतिकृया दिनुहोस

३१ अंकले घटेर २६८० विन्दुमा झर्‍यो नेप्से

बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३१.३१ अंकले घटेको छ । नेप्से १.१५ प्रतिशतले घटेर २६८०.४४ विन्दुमा आएको हो । आज ८ अर्ब २५ करोड ५७ लाख

एक हजारले बढ्यो सुनको भाउ, तोलाको कति?

आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ

सुनको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १०० सय