कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

२०८१ कार्तिक ६ मंगलबार

कञ्चनपुर


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन शनिबार जिल्ला सदरमुकाम महेन्द्रनगर बजारमा पार्टी सभापति लामिछाने पक्राउको विरोध प्रर्दशन थियो । दोस्रो दिन मंगलबार पनि महेन्द्रनगर बजारमा विरोध प्रर्दशन गरेका छन् ।

 
रास्वपा कञ्चनपुरका युवा नेता अम्बादत्त जोशीले वर्तमान सरकार (काँग्रेस, एमाले) नेतृत्वको सत्ताधारी पार्टीले राजनैतिक प्रतिशोध साँधेको भन्दै विरोध निलो क्रान्तिको निरन्तरता गरिएको बताए । उनका अनुसार मंगलबार पनि महेन्द्रनगर बजारमा प्रर्दशन गरिएको छ । घण्टी सहित रास्वपा नेता कार्यकर्ताहरुले महेन्द्रनगर बजारमा विरोध प्रर्दशन गरेका हुन् । ‘हाम्रो रवि राम्रो देश प्राण भन्दा प्यारो छ , नडराउनु नबिराउनु रवि दाई जनता तिम्रो साथमा भन्दै प्रर्दशन गरेका थिए । न्याय मार्न पाईदैन’ भनेर नाराबाजी गरेका थिए ।

 

रास्वपा कञ्चनपुरका नेता कार्यकर्ताहरुले वास्तविक सहकारी काण्डमा काँग्रेस, एमालेकै नेताहरु धनराज गुरुङ्ग, ऋषिकेश पोखरेल र नक्कली भुटानी शरणार्थीकाण्ड, गिरीबन्धु टि स्टेट सहितका काण्ड सामसुम पार्नका लागि उक्त हत्याकाण्ड गरेको उनीहरुको आरोप छ । रास्वपाका नेता कार्यकर्ताहरुले बाढी विपदबाट देश रोईरहेका बेला भ्रष्टाचारको विरोध गर्दा सरकारले नयाँ दल निमोठने कुचेष्टा गरेको आरोप छ । अब निलोक्रान्ति नरोकिने भन्दै रास्वपाले निरन्तर आन्दोलनको चेतावनी दिएको छ । 

 

प्रतिकृया दिनुहोस

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी

कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मालिकार्जुन हार्डवेयरलाई

बेलाैरी, कञ्चनपुर -   कञ्चनपुर टी –२० क्रिकेट प्रतियोगिता २०८१को उपाधि मालिकार्जुन हार्डवेयर अत्तरियाले आफ्नो हात पार्न सफल भएको छ । कञ्चनपुरको