कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मालिकार्जुन हार्डवेयरलाई

२०८१ कार्तिक ५ सोमबार

बेलाैरी, कञ्चनपुर -

 

कञ्चनपुर टी –२० क्रिकेट प्रतियोगिता २०८१को उपाधि मालिकार्जुन हार्डवेयर अत्तरियाले आफ्नो हात पार्न सफल भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका –१० शिवनगरमा आयोजना गरिएको कञ्चनपुर टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सुदूरपश्चिम होस्टेल धनगढीलाई २ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

 

आइतबार भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिम होस्टेल धनगढीले २० ओभरमा ८ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । १०७ रनको लक्ष्य पाएको मालिकार्जुन अत्तरियाले १६.४ ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाउँदै उपाधि हात पारेको हो ।

 

मालिकार्जुन अत्तरियाको तर्फबाट ४ ओभर बलिङ गर्दै १२ रन दिएर ३ विकेट हात पारेका भोजराज भट्ट म्यान अफ द म्याच भएका छन् । प्रतियोगिताको विजेता भएको मालिकार्जुन अत्तरियाले रु १ लाख र उपविजेता सुदूरपश्चिम होस्टेलले रु ५० हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेका छन् ।

 

त्यस्तै प्रतियोगिता भरी उत्कृष्ट अलराउण्ड खेल खेलेर मालिकार्जुनका अशोक धामी म्यान अफ द सिरिज घोषित भएका छन् । उनले १० हजार सहित ट्रफी पाएका छन् । त्यस्तै मालिकार्जुनका अभिषेक पालले बेस्ट ब्यटसम्यान र वेस्ट बलर सुदूरपश्चिम होस्टेलका सचिन भट्ट भएका छन् । दुवैले रु ५ हजार सहित ट्रफी प्राप्त गरेका छन् ।

 

असोज २४ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक सहित १६ टिम सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी