कञ्चनपुरमा १२ फिट लामो अजिङ्गर फेला

२०८१ कार्तिक ४ आइतबार

कञ्चनपुर -

 

कञ्चनपुरमा अजिङ्गर फेला परेको छ । शनिबार जिल्लाको शुक्लाफाँटा– ८ पिल्लपरीफाँटामा १८ किलो तौल र १२ फिट लामो अजिङ्गर रुखमा चढ्दै गरेको अवस्थामा फेला परेको हो ।

 

डिभिजन वन कार्यालय कञ्चनपुरका अनुसार फेला परेका उक्त अजिङ्गर ठुलो मध्येकै एक हो । जिल्लामा आजसम्म फेला परेका अजिङ्गर मध्ये उक्त अजिङ्गर सबैभन्दा ठुलो भएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

 

वन कार्यालय कञ्चनपुर सुरक्षा पोष्टका इन्चार्ज जमदार अर्जुन सिह थापा नेतृत्वको टोलीले पिल्लपरीफाँटाका स्थानीय तिलक जप्रेलको खेतबारीबाट फेला पारेको अजिङगरको उद्दार गरेको छ ।

 

अजिङ्गरलाई वन कार्यालय कञ्चनपुरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई बुझाएपश्चात निकुञ्जभित्र छाडिएको छ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी