राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा सिह

२०८१ कार्तिक ४ आइतबार

कञ्चनपुर -

 

नेपाल राहत शिक्षक समिति कञ्चनपुरको अध्यक्षमा बिरेन्द्र बहादुर सिह चयन भएका छन् । 


शनिबार महेन्द्रनगरमा सम्पन्न भएको राहत शिक्षक समिति कञ्चनपुरको ६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सिह निर्वाचित भएका हुन् । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वतमान कोषाध्यक्ष गणेश बहादुर धानुकले सर्वसम्मतीय आधारमा जिल्ला नेतृत्व सहितका पदाधिकारी सदस्य चयन भएको बताए । सहअध्यक्षहरु ज्योती जोशी, सर्वजित बुढा, तोयराज जोशी, नवराज जोशी चयन भएका छन् । 


वरिष्ठ उपाध्यक्ष डबल बहादुर शाह, उपाध्यक्ष नाथ बहादुर बुढा, काली नेपाली, सचिवमा भोजराज भट्ट, सह सचिव रामदत्त विष्ट, दिपकराज भट्ट र बिमला बम, कोषाध्यक्ष अभयराज जोशी रहेका छन् । सदस्यहरु बिमला भट्ट, पार्वती जोशी, ओकिल बहादुर बस्नेत, विष्णू प्रशाद बोकटी, शम्भु प्रशाद अवस्थी, जगदिश भट्ट, मोहनदेव पन्त रहेका छन् ।

 

जिल्ला अधिवेशनले केन्द्रीय प्रतिनिधी समेत छनौट गरेको छ । धौलसिह जागरी, श्रवण सेटी, नवराज ओझा र लक्ष्मी खडकालाई छनौट गरेको छ । जिल्ला निवर्तमान अध्यक्ष लवदेवीको अध्यक्षताा भएको कार्यक्रमको नेपाल राहत शिक्षक केन्द्रीय समितिका बरिष्ठ सहअध्यक्ष नविनसिह धामीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको संचालन निर्वतमान सचिव सर्वजित बुढाले गरेको कार्यक्रममा जिल्लाभरीका राहत शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

नेपाल राहत शिक्षक समिति कञ्चनपुरका निर्वाचित पदाधिकारीहरुले राहत शिक्षकहरुको हकहितका साथै पेशागत स्थायित्वका क्षेत्रमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । नेपाल राहत शिक्षक समिति कञ्चनपुरका सचिव भोजराज भट्टले राज्यको विभेद विरुद्ध संघर्ष गर्दै आम राहत शिक्षकको पेशागत हकहितका क्षेत्रमा खटिने बताए । 

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी