कञ्चनपुर T-20 : मालिकार्जुन हार्डवेयर र सुदूरपश्चिम हाेस्टेल फाइनलमा प्रवेश

२०८१ कार्तिक ३ शनिबार

बेलाैरी, कञ्चनपुर -

 

बेलाैरी नगरपालिका १० शिवनगरमा जारी कञ्चनपुर टी – ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा कैलालीका दुई टिम एक-आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । 

 

शुक्रबार भएको खेलमा सुदूरपश्चिम होस्टेल धनगढी  र मालिकार्जुन हार्डवेयर अत्तरिया फाइनल प्रवेश गरेका हुन् ।
 

खेलमा सुदूरपश्चिम होस्टेल धनगढीले सुप्रीया सुपरफास्ट भुडालाई २८ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको आयाेजकले जनाएको छ ।

 

टच जितेर पहिले ब्याटिङ राेजेकाे सुदूरपश्चिम  धनगढीले १९.१ ओभरमा १० विकेट गुमाउँदै १ सय ३६ रन बनाएको थियो । 

 

भने १ सय ३७ रनको लक्ष्य पाएको भुडाले १७.१ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै १ सय ८ रनमै खुम्चियाे । 


त्यस्तै दोस्रो सेमिफाइनल खेलमा मालिकार्जुन हार्डवेयर प्रा.लि अत्तरियाले खप्तड इण्डोर स्पोर्ट्स सेन्टर महेन्द्रनगरलाई ९७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हाे ।

 

टच जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । भने १ सय ८३ रनको लक्ष्य पाएको महेन्द्रनगरले १२.४ ओभरमा सबै विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो । 


प्रतियोगिताको फाइनल खेल आइतबार बिहान ११ बजे देखि सुरुहुने बताइएको छ । गतसाता देखि सुरु भएको उक्त टी २० क्रिकेट प्रतियोगितामा सुदूरका १६ टिमले सहभागीता जनाएका थिए ।

 

प्रतियोगितामा विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयाेजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

कञ्चनपुरमा दोस्रो दिन पनि रास्वपाको प्रर्दशन

कञ्चनपुर -  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको कञ्चनपुरमा समेत विरोध प्रर्दशन गरिएको छ । रास्वपा कञ्चनपुरले पहिलो दिन

मदन चोकमा मापदण्ड विपरित २२ सटर नबनाउन युवा विद्यार्थीको अल्टिमेटम

डिल्लीराज पन्त / कञ्चनपुर-   भीमत्त नगरपालिका ४ महेन्द्रनगर मुख्य बजार मदनचोक क्षेत्रमा स्थानीय सरकारले सटर निर्माणका लागि सुचना आब्हान गरेसंगै

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिकाकाे टिम विजयी

निरु चाैधरी /बेलाैरी, कञ्चनपुर-   बेलाैरी नगरपालिका वडा नम्बर २ मा जारी खुल्ला पुरुष फुटबल प्रतियोगितामा बेलाैरी नगरपालिका कार्यालयकाे टिम विजयी