मुम्बईमा एनसीपीका नेता सिद्दिकीको गोली हानी ह*त्या

२०८१ असोज २७ आइतबार

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते भएका उहाँलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।

 

छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री एकनाथ शिन्देले जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर ज्यान गुमाएका सिद्दिकी महाराष्ट्रका पूर्व मन्त्रीसमेत हुनुहुथ्यो ।.

 

यसै वर्ष गएको फेब्रुअरीमा उहाँ कांग्रेस छोडेर एनसीपी (अजित पवार गुट) मा सामेल हुनुभएको थियो । सिद्दिकी बिगत ४८ वर्षदेखि कांग्रेसमा हुनुहुन्थ्यो । गोली चलाएको आरोपमा पक्राउ परेकामध्ये एक जना हरियाणा र अर्का एक जना उत्तर प्रदेशका रहेका छन् । पक्राउ परेकासँग सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकामा मिल्टन आँधीको चेतावनी

अमेरिकामा मिल्टन नामको आँधी पाँच श्रेणीमा परिणत भएर यूएस गल्फ कोस्ट अर्थात त्यहाँको खाडी तटीय क्षेत्र हुदैँ तीव्र गतिमा फ्लोरिडा पुग्ने क्रममा

शान्तिपूर्ण निर्वाचनबारे विश्वस्त छैन् : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना हुने अमेरिकी राष्ट्रपति चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन ।   सञ्चारकर्मीसँग

रुसले आउँदो वर्ष रक्षा खर्च ३० प्रतिशतले बढाउने

रुसले आउँदो वर्ष आफ्नो रक्षा खर्च ३० प्रतिशतले बढाउने भएको छ । रुसको रक्षा बजेट सन् २०२५ मा एक सय ३५ खर्ब रुबल अर्थात एक खर्ब ४५ अर्ब डलरको हुने हिजो