दशैँको दुई दिन ६३ हजार जनाभन्दा धेरैले हवाईयात्रा गरे

२०८१ असोज २७ आइतबार

दशैँको दुई दिन बिहीवार र शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २५ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा धेरैले हवाई यात्रा गरेका हुन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक उडानमार्फत् १७ हजार तीन सय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन् ।

 

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एक सय सात उडानमार्फत् १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एक सय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ जनाले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो ।

 

त्यसअघि गएको असोज १४ गते एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए । ती उडानमार्फत् ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका थिए । गएको असोज १०, ११ र १२ गतेको अबिरल वर्षाका कारण बाढी/पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो । तर अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

एसईईमा नन ग्रेडेडले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको