हिजो दशैंको टीका लगाउन छुटेकाले आज पनि लगाउँदै

२०८१ असोज २७ आइतबार

दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात् विजयादशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शिवाद लिने गर्छन् । साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमा नै सकेसम्म सबै आफन्तकहाँ पुग्ने गर्दछन् ।

 

आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्छ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाकाे हातबाट थापेर आशिर्वाद लिने गरिन्छ ।

 

आफूभन्दा अग्रज मान्यजनको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रहिआएको छ । ठूलाले सानालाई टीका लगाइ आशिर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।

प्रतिकृया दिनुहोस

एसईईमा नन ग्रेडेडले पनि सीटीईभीटीको प्रि-डिप्लोमा तह पढ्न पाउने

अब माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण विद्यार्थीहरूले समेत प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को १८ महिने

देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

आज र भोलि देशैभर भिटामिन ए क्याप्सुलसँगै जुकाको औषधि खुवाइँदै छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय पोषण कार्यक्रम अन्तरगत

भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिँदै

बजारमा गहुँको माग बढेसँगै सरकारले भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने भएको छ । अहिलेलाई भारत सरकारसँग गहुँको आयातका लागि आवश्यक समन्वय भइरहेको