स्थानीय तह उपनिर्वाचनमा २६ दलद्वारा दर्ताको आवेदन

२०८१ असोज १७ बिहीबार

आगामी १६ मंसिरका लागि तय भएको स्थानीय तह उपनिर्वाचनमा भाग लिन २६ दलले दर्ताका लागि निवेदन दिएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार संसद्का प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादीसहितका विभिन्न २६ दलले दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले १० असोजदेखि बुधबार (१६ असोज)सम्म समय तोकेर दल दर्ताका लागि आवेदन खुलाएको थियो । 

 

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले बिहीबारबाट छानबिन गर्ने र योग्यता पुगेका दल दर्ता गर्ने बताए । सानो संख्यामा निर्वाचन हुन लागेको भए पनि धेरै दलबाट उत्साहजनक रूपमा दल दर्ताको आवेदन परेको उनको भनाइ छ । ‘स्थानीय तह उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि २६ दलले दर्ताका लागि आवेदन दिएका छन्् । सानो संख्यामा निर्वाचन हुन लागेको भए पनि दर्ताका लागि धेरैको संख्यामा दलहरूबाट दर्ताका लागि आवेदन आएका छन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘आवेदनउपर छानबिन गरेर योग्यता पुगेका दललाई दर्ता गर्नेछौँ । दर्ताका लागि आवेदनको योग्यता नपुगेका दल निर्वाचनमा सहभागी हुन पाउनेछैनन् ।’ 

 

जिल्ला समन्वय समिति प्रमुख दुई, नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष तीन र ३० वडाध्यक्ष गरी ३९ पदका लागि निर्वाचन हुन हुँदै छ । आयोगले यसअघि नै २ मंसिरमा उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार ३ मंसिरमा उम्मेदवारविरुद्ध उजुरी आह्वान, ५ मंसिरमा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ । मतदान सुरु हुनुभन्दा ४८ घण्टा अगाडिबाट १३ मंसिरको राति १२ बजेबाट मौन अवधि सुरु हुनेछ ।

 

निर्वाचन हुन लागेका ३९ स्थानमा ०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले २४ स्थान, माओवादीले पाँच, एमालेले आठ, जसपाले एक र एक स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका थिए । परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको उपनिर्वाचनलाई दलहरूको शक्ति परीक्षणको रूपमा हेरिएको छ । निर्वाचनमा दलहरूलाई स्थानीय तहमा आफ्नो जनाधार जोगाउने चुनौती छ । 

प्रतिकृया दिनुहोस

आगामी उपनिर्वाचन र ०८४ मा माओवादी एक्लै प्रतिष्पर्धामा जाने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन आजदेखि

नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौँको कीर्तिपुरमा सुरु हुँदैछ

उपनिर्वाचनका लागि दल दर्ता आजदेखि

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि आजदेखि दल दर्ता गर्ने भएको छ ।   आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको