पुनर्वास : विद्यालयको बसबाट ओर्लिदा घाईते भएका बालकको मृ*त्युु

२०८१ असोज १४ सोमबार

पुनर्वास, कञ्चनपुर -

 

कञ्चनपुरमा विद्यालयको बसबाट ओर्लिने क्रममा लडेर घाईते भएका एक बालकको मृत्युु भएको छ ।

 

शुक्रबार साझ करिब साढे पाँच बजेको समयमा पुनर्वास नगरपालिका-३ स्थित एसपिएल एकेडेमीको बसबाट घर नजिकै ओर्लिने क्रममा हुलाकी सडक खण्डमा लडेर घाईते भएका पुनर्वास-५, ग-गाउँका चक्र खातीका  ८ वर्षिय छोरा करन खातीको उपचारका क्रममा शनिबार राती भारतको मेडासिटी हस्पिटलमा मृत्युु भएको हो ।

 

मृतक करन एसपिएल एकेडेमीको कक्षा १ मा अध्ययनरत थिए । विद्यालयको  बस र चालक पुनर्वास  नगरपालिका-५ का कमल थापालाई  नियन्त्रणमा लिई थप अनुसन्धानका लागि  अदालतबाट ७ दिन म्याद थप गरिएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक महेश बिक्रम शाहीले जानकारी दिए । 

 

घाईते भएका करनको प्रारम्भिक उपचार पुनर्वास पोलिक्लिनिक र धनगढी स्थित निसर्ग हस्पिटलमा गरिएको थियो ।

प्रतिकृया दिनुहोस

काउली उत्पादनले घरखर्च चलाउन सहज

डाेटी –   काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरिरहेका छन् । विगतमा परम्परागत रूपमा तरकारी खेती गर्दै आएका किसान पछिल्लो समयमा

१६ वर्षीया किशोरीमाथि करणी गरेको आरोपमा २ जना पक्राउ

कैलाली -   कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।   जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि

कञ्चनपुरमा गर्भवती हात्तीको मृ*त्यु

कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक हात्ती मृत फेला परेको छ । निकुञ्जको पुर्वी दक्षिणी क्षेत्र पडाउ जंगलमा गर्भवर्ती हात्ती