बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

२०८१ असोज १२ शनिबार

बेलौरीकञ्चनपुर -

 

कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।

 

रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र वरिष्ठ व्यवसायी फकिर चन्द रानाले स्केटिङ सञ्चालनमा ल्याएका हुन् ।

 

बेलौरीको कृषि विकास बैंक नजिकै सञ्चालनमा आएको सहारा स्केटिङको शनिबार विधिवत रुपमा  उद्घाटन गरिएको हो । 

 

पछिल्ला दिनहरूमा बालबालिका, किशोरकिशोरी र युवाहरू मोबाइलको लत र विभिन्न कुलतमा फस्न लागेको अवस्थामा स्केटिङ खेल सुरु गरिएको सञ्चालकहरुले बताएका छन् । 

 

उनीहरूले सहारा स्केटिङ उत्कृष्ट खेल मैदान र बालमैत्री वातावरण रहेकाे दावी समेत गरेका छन् ।सहारा स्केटिङ बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दैनिक बाह्रघण्टा सञ्चालनमा रहने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना

पुनर्वास : प्रहरी ईन्स्पेक्टर शाहीमाथि आक्रमण, चार प्रहरी घाइते

पुनर्वास, कञ्चनपुर -   ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । बुधबार राति करिब ९ बजेको समयमा