कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

२०८१ असोज ११ शुक्रबार

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना बनाउँदै जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने जनाएको छ ।

 

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, शीघ्र सेवा, तत्काल कारबाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरी योजना तयार गरिएको जानकारी दिए ।

 

उनकाअनुसार दशैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइनेछ । त्यसका जागि सामान्य समय हुने चेकजाँचमा बृद्धि गरिनेछ ।

 

जिल्लाभर २६८ डिउटी परिचालन गर्ने योजना रहेको प्रहरीले जनाएको छ । जसमा सामान्य समयमा परिचालन हुनेभन्दा २१ डिउटी थप गरिएको छ ।

 

जिल्लामा प्रहरी उपरीक्षक(एसपी)को कमाण्ड हुनेगरि कार्यालय सुरक्षा, रिजर्व फोर्स, इलाका प्रहरी कार्यालयसम्म जनशक्तिअनुसार स्टेन्ट बाई, पिकेट, साइकल गस्ती, मोबाइल गस्तीसमेत परिचालन गरिने बिष्टले बताए ।

 

सुरक्षा योजनाअन्तर्गत क्युआरटी, जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट सादा पोशाकमा पनि छुट्टै टोली परिचालन, भारतबाट फर्किने तथा विभिन्न गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि सीमा नाकासहित १० ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरिने उनले बताए ।

 

उनकाअनुसार भारतबाट फर्किने यात्रुको सहजताका लागि त्रिनगर सीमा नाकासहितका सीमा क्षेत्रका पाँच स्थानमा पनि चेक प्वाइन्ट सञ्चालन गरिनेछ । मेला पर्व, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, मोबाइल पसल लक्षित गरेर गस्ती पेट्रोलिङ्क बढाइने पनि प्रहरीले जनाएको छ ।

 

जुवातास, मदिरा तथा लागुऔषध नियन्त्रणका लागि छुट्टै समूह बनाएर परिचालन गर्ने, बजार अनुगमनमा जिल्ला प्रशासनलाई सघाउन छुट्टै समूह र राजमार्ग क्षेत्रमा हुने भीभीआईपी र भीआईपीको स्कटिङ्क गर्न पनि छुट्टै टोली बनाइएको प्रहरी उपरीक्षक बिष्टले जानकारी दिए ।

 

दशैं, तिहार र छठ पर्वमा अपुग हुने जनशक्ति प्रदेश प्रहरी कार्यालयबाट माग गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

पुनर्वास : प्रहरी ईन्स्पेक्टर शाहीमाथि आक्रमण, चार प्रहरी घाइते

पुनर्वास, कञ्चनपुर -   ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । बुधबार राति करिब ९ बजेको समयमा