बेलौरी : सहारा स्केटिङ सञ्चालनमा
बेलौरी, कञ्चनपुर -
कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।
रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र वरिष्ठ व्यवसायी फकिर चन्द रानाले स्केटिङ सञ्चालनमा ल्याएका हुन् ।
बेलौरीको कृषि विकास बैंक नजिकै सञ्चालनमा आएको सहारा स्केटिङको शनिबार विधिवत रुपमा उद्घाटन गरिएको हो ।
पछिल्ला दिनहरूमा बालबालिका, किशोरकिशोरी र युवाहरू मोबाइलको लतदेखि अन्य विभिन्न कुलतमा फस्न लागेको अवस्थामा स्केटिङ खेल सुरु गरिएको सञ्चालकहरुले बताएका छन् ।
उनीहरूले सहारा स्केटिङ उत्कृष्ट खेलमैत्री मैदान र बालमैत्री वातावरण रहेकाे दावी समेत गरेका छन् ।सहारा स्केटिङ बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म दैनिक बाह्रघण्टा सञ्चालनमा रहने छ ।
आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै
बैतडी - मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको
कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने
कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना
पुनर्वास : प्रहरी ईन्स्पेक्टर शाहीमाथि आक्रमण, चार प्रहरी घाइते
पुनर्वास, कञ्चनपुर - ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । बुधबार राति करिब ९ बजेको समयमा
प्रतिकृया दिनुहोस