फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

२०८१ असोज ११ शुक्रबार

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले घटस्थापनादेखि नै ती सहरका हलमा फिल्म रिलिज हुने लागेको बताए ।

 

यतिबेला निर्माताले विभिन्न मुलुकका लागि फिल्मको वितरण अधिकार बिक्री गरिरहेका छन् । जसअनुसार अमेरिकी वितरकहरुका अनुसार अमेरिकाको डालस, न्युयोर्क, बोस्टन र सान फ्रान्सिस्को लगायतका सहरमा फिल्म लाग्नेछ ।

 

अमेरिकाको वितरण अधिकार नेपसिने, हिमालीफाइ, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले खरिद गरेका छन् । अस्ट्रेलिया, युरोप र मध्यपूर्वका देशमा वितरण अधिकारको टुंगो चाँडै लाग्ने जनाइएको छ ।

 

नेपालमा यो फिल्म दशैंको घटस्थापना अर्थात् असोज १७ देखि रिलिज हुँदैछ । फिल्ममा निश्चल र स्वस्तिमासँगै बसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।

 

ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई सजन काफ्ले र आकाश बरालले पटकथा लेखन तथा निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५०

बाढीले सेट बगाउँदा प्रदीप खड्का फिल्म ‘एक्लो’लाई आर्थिक नोक्सान

बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । कार्यकारी निर्माता विनोद सुवेदीका अनुसार बाढीले

६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’

श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु