अस्ट्रेलियाका ५० भन्दा बढी हलमा ‘छक्कापञ्जा ५’ रिलिज गरिने

२०८१ असोज ११ शुक्रबार

दीपाश्री निरौला निर्देशित फिल्म ‘छक्कापञ्जा ५’ दशैंको फूलपातीका दिन अस्ट्रेलियामा पनि रिलिज तयारीमा छ । अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी दिए ।

 

अस्ट्रेलियामा ‘छक्कापञ्जा’का अघिल्ला सिरिज हल भाडामा लिएर प्रदर्शन गरिंदै आएको भए पनि यसपटक नियमित रिलिज हुने उनले बताए । ‘हामीले यसअघि पनि चलचित्र फर्की फर्कीको पनि बक्स अफिस रिलिज गरेका थियौं’ गिरीले भने, ‘यहाँ रहनुहुने नेपालीहरूको सहजता र सुझावलाई ध्यानमा राखेर छक्कापञ्जा-५ को पनि बक्स अफिस रिलिज गर्न लागिएको हो ।’

 

यो फिल्मको अस्ट्रेलिया प्रदर्शन अधिकार रगडेल ब्वाइज, नमस्ते इन्टरटेनमेन्ट र ग्रिस इन्टरटेनमेन्टले संयुक्त रूपमा खरिद गरेका हुन् ।

 

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको ‘छक्कापञ्जा ५’ मा दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बूढा’, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ ।

 

प्रतिकृया दिनुहोस

फिल्म ‘बेहुली फ्रम मेघौली’ घटस्थापनादेखि ६० अमेरिकी सहरमा रिलिज हुने

स्वस्तिमा खड्का स्टारर फिल्म ‘बेहुली फ्रम मेघौली’ ६० भन्दा बढी अमेरिकी सहरमा प्रदर्शन हुने भएको छ । निर्माता तथा निर्देशक निश्चल बस्नेतले

बाढीले सेट बगाउँदा प्रदीप खड्का फिल्म ‘एक्लो’लाई आर्थिक नोक्सान

बाढीले सेट बगाउँदा मुस्ताङको कागबेनी क्षेत्रमा भइरहेको फिल्म ‘एक्लो’को छायांकन रोकिएको छ । कार्यकारी निर्माता विनोद सुवेदीका अनुसार बाढीले

६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘स्त्री २’

श्रद्धा कपुर र राजकुमार राव अभिनित हिन्दी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा कीर्तिमान रचेको छ । यो फिल्म सर्वकालीन ब्लकबस्टर मात्र बनेन, घरेलु