पुनर्वास : प्रहरी ईन्स्पेक्टर शाहीमाथि आक्रमण, चार प्रहरी घाइते

२०८१ असोज १० बिहीबार

पुनर्वासकञ्चनपुर -

 

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका ईन्स्पेक्टर महेश विक्रम शाहीमाथि आक्रमण भएको छ । बुधबार राति करिब ९ बजेको समयमा पुनर्वास नगरपालिका–७, च–गाउँमा गस्तीमा निस्केको शाहीसहित ९ जनाको प्रहरी टोली चढेको भ्यानमा समेत तोडफोड भएको जनाइएको छ ।

 

चार्डपर्वका बेला हुने अपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले स्थानीयको शान्ति सुरक्षाका लागि त्रिभुवनबस्तीका ईन्स्पक्टर शाही सहित ९ जनाको प्रहरी टोली भ्यान गस्तीमा निस्केको थियो ।

 

गस्तीमा निस्केका बेला पुनर्वास–७, बुद्धबस्तीमा खडखडे खेलीरहेको टोलीलाई नियन्त्रणमा लिन खोज्दा विवाद उत्पन्न भएको ईन्स्पेक्टर शाहीले जानकारी दिए ।

 

’खडखडे भईरहेको थियो, सम्झाएर नियन्त्रण गर्न खोज्दा ममाथि २५/३० जनाको समुहले आक्रमण गरे।’ उनले भने, आक्रमणबाट मेरो कानमा चोट लागेको छ, अन्य चार जना प्रहरीलाई सामान्य चोट लागेको र भ्यानको अगाडीको सीसा र पछाडीको छानोमा क्षति पुगेको छ ।’

 

आक्रमणपछि गाउँका महिला र बालबालिका समेत आउन थालेपछि घटना स्थलबाट फर्किएको ईन्स्पेक्टर शाहीले बताए ।

 

आक्रमणमा परेका ईन्स्पेक्टर शाहीको पुनर्वास नगरपालिका–६ स्थित टाउन हस्पिटलमा उपचार भएको थियो। आक्रमण गर्नेहरुको पहिचान गरी कानुन बमोजिम कार्वाही गरिने ईन्स्पेक्टर शाहीको भनाई छ ।

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना