कञ्चनपुर : चट्याङ लागेर दुई जनाको मृ*त्यु

२०८१ असोज ९ बुधबार

कञ्चनपुर -


कञ्चनपुरमा चट्याङ लागेर दुई जना(एक महिला एक पुरुष)को मृत्यु भएको छ । बुधबार बिहानदेखि परिरहेको वर्षासंगै आएको चट्याङले दुई जनाको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश राज जोशीले चट्याङ लागेर लालझाडी गाँउपालिकाकी महिला र दोधाराचाँदनीका पुरुषले ज्यान गुमाएको बताए । प्रवक्ता जोशीका अनुसार दोदा नदीमा माछा मार्ने क्रममा लालझाडी गाँउपालिका १ परासनकी २८ वर्षीया हिरामती रानाको मृत्यु भएको छ । भने, दोधाराचाँदनी नगरपालिका ६ दोधाराका ३२ वर्षीय यम बहादुर सुनारको मृत्यु भएको छ ।

 

नदीमै चट्याङ परेपछि घाईते भएकी रानाको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । भने, दोधाराचाँदनीका सुनारको मोटरसाईकलमा बजारदेखि घर जाने क्रममा रुखमा चट्याङ लागेर मुत्यु भएको थियो । सुनारसंगै ३४ बर्षिया याम बहादुर सुनार र ३६ वर्षीय जगते सुनार घाईते भएका छन् । उनीहरु घर जाने क्रममा पानी पर्दा रुखमुनी ओत लागेका थिए । 

 

दशैँकै मुखमा चट्याङ लागेर आफन्त गुमाएपछि राना र सुनार परिवारमा बज्रपात मच्चिएको छ । घाईते सुनारद्वयको दोधाराचाँदनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ । यसैविच चट्याङले पुनर्वास नगरपालिका अंशुवर्मा बस्तीका नरेन्द्र चन्दको घरमा चट्याङ  लागेर विद्युतीय समाग्री सहितका घरायसी समानमा क्षति पुगेको छ । 

 

प्रतिकृया दिनुहोस

बेलौरी : सहारा स्केटिङ सञ्चालनमा

बेलौरी, कञ्चनपुर -   कञ्चनपुरको बेलौरीमा शनिवार देखि सहारा स्केटिङ सञ्चालनमा आएको छ ।   रेडियो सुदूर सञ्चारका प्रबन्ध निर्देशक शीतल भट्ट र

आधारभूत सुविधा नहुँदा बस्ती रित्तिँदै

बैतडी -   मेलौली नगरपालिकाका मेयर भीमबहादुर चन्द पानीको मुहान खोज्न ग्वाल्लेक संरक्षित वनको काखमा रहेको ढणौँन गाउँ पुग्दा कल कल पानी बगेको

कैलाली : दशैं-तिहारमा साढे ८०० प्रहरी खटिने

कैलालीमा दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना