अमेरिकाले माग्यो नेपालले सहायता चाहेका क्षेत्रको विवरण

२०८१ असोज ३ बिहीबार

नेपाल–अमेरिका व्यापार तथा सम्झौता परिषद्को सातौँ बैठक सम्पन्न भएको छ । काठमाडौँमा भएको बैठकमा अमेरिकाका तर्फबाट दक्षिण तथा मध्य एसियाका लागि सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चको नेतृत्वमा ११ सदस्यीय टोली सहभागी थियो । 

 

नेपालबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वमा १७ सदस्यीय टोलीले भाग लिएको थियो । बैठकमा सहभागी अमेरिकी टोलीले नेपाललाई आवश्यक सहायता चाहेका क्षेत्रको विस्तृत विवरण उपलब्ध गराउन माग गरेको छ । 

 

नेपालले अमेरिकासँग व्यापार सुविधा, नेपाल ट्रेड प्रिफेरेन्सल प्रोग्राम, (एनटीपीपी)को समयावधि थप्न प्रस्ताव पनि गरेको थियो । त्यस्तै नेपालले विभिन्न क्षेत्रमा थप प्राविधिक सहायता उपलब्ध गराउन आग्रह गरेको थियो । यसमा अमेरिकी टोली सकारात्मक देखिएको वाणिज्य मन्त्रालयले जनाएको छ । 

 

व्यापार तथा लगानीका क्षेत्र विस्तार गर्न दुवै पक्षबिच थप सहयोग आदान–प्रदान गर्ने विषयमा सहमति पनि भएको छ । अमेरिकी टोलीले नेपाललाई लगानी सम्बन्धी कानुनी र प्रक्रियागत सुधार गर्न सुझावसमेत दिएको छ । परिषद्को आठौँ बैठक अमेरिकामा आगामी वर्ष सन् २०२५ मा बस्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

आज संविधान दिवस मनाइदैं

आज संविधान दिवस ०८१ कञ्चनपुर सहित देशभर दिवस मनाईदै छ । देशभर विविध समाजिक कार्यक्रम गरेर संविधान दिवस मनाईदैछ ।  संघीय लोकतान्त्रिक गणतन्त्र

आज राष्ट्रिय शिक्षा दिवस, पदक पाउनेको नाम सार्वजनिक गरिँदै

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा आज विभिन्न पदक पाउनेको नाम सार्वजनिक गर्ने भएको छ । तर विद्या भूषण पाउनेहरूको

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र